
नेपालगन्ज ६ असार – पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगन्जको न्युरोडमा अत्याधुनिक सेवा र पारिवारिक वातावरणसहितको नयाँ स्वादको गन्तव्य ‘द दरबार रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ। स्थानीय युवा कमल पौडेल र एन बि क्षेत्रीको संयुक्त लगानीमा स्थापित यस रेष्टुरेन्टको धार्मिक अनुष्ठान र पूजापाठ गरि विधिवतरुपमा शनिबार उद्घाटन गरिएको हो।

करिब २० लाख रुपैयाँभन्दा बढीको प्रारम्भिक लगानीमा निर्माण गरिएको यस रेष्टुरेन्टले नेपालगन्जको बढ्दो शहरीकरण र उपभोक्ताहरूको आधुनिक जीवनशैलीलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ। ग्राहकको सन्तुष्टिलाई सर्वोपरि ठान्दै उद्घाटनको अवसरमा मेनुका विभिन्न स्वादिष्ट परिकारहरूमा २० प्रतिशतसम्मको आकर्षक छुटको व्यवस्था समेत गरिएको संचालक पौडेलले जानकारी दिएका थिए ।
काठमाण्डौ तथा अन्तर्राष्ट्रिय स्तरका क्याफेहरूको झल्को दिने गरी संचालनमा आएको यस रेष्टुरेन्टको मेनु निकै फराकिलो र विविध छ। कफी पारखीहरूका लागि एस्प्रेसो, क्यापुचिनो, क्याफे लाट्टे जस्ता हट वेभरेज र विभिन्न स्वादका आइस कफीको व्यवस्था छ। गर्मी मौसमलाई लक्षित गरी ताजा फलफूलका जुसहरू, मस्कमेलन, मुसाम्बी र विशेष ‘दरबार स्पेशल फालुदा’ समेत मेनुमा समावेश गरिएको छ।
त्यस्तै खानाका परिकारतर्फ यस क्षेत्रमै फरक स्वाद पस्कने उद्देश्यले अरबियन स्टाइलको ‘ग्रिल चिकन’, विभिन्न प्रकारका सी-फूड (माछा तथा प्रनका परिकारहरू), मटन सुकुटी, भुटुवा र कट्नेसी उपलब्ध छन्। शाकाहारीहरूका लागि पनिर र मसरुमका विशेष परिकार (जस्तै मसरुम ६५, गोबी ६५) तथा चिनियाँ स्वादका सुप र स्न्याक्सहरू मुख्य आकर्षणका रूपमा रहेका छन्।
नेपालगन्जको मुटु मानिने न्युरोडमा अवस्थित यस क्याफेमा उत्कृष्ट आन्तरिक सजावट (इन्टेरियर) सँगै स्वस्थकर र हाइजेनिक परिकारहरू उपलब्ध गराइनेछ। युवा रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यसहित युवा व्यवसायीहरूले यो नयाँ व्यावसायिक फड्को मारेका हुन्। संचालक पौडेल र क्षेत्रीले सम्पूर्ण नगरवासी तथा स्वादका पारखीहरूलाई एकपटक दरबार रेष्टुरेन्टको भ्रमण गरी उत्कृष्ट आतिथ्यता र स्वादिष्ट परिकारको आनन्द लिन आग्रह समेत गरेका छन् ।
