
नेपालगन्ज, ८ मंसिर – सोमबार बाँकेमा १५ महिलासहित ३६ जना कोरोना संक्रमित भएको पुष्टि भएको छ ।
जिल्लाका तिन वटा प्रयोगशालामा गरिएको परिक्षणमा ३६ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जनाउनु भएको छ ।
फोकल पर्सनका अनुसार सोमबार बाँकेकै प्रयोगशालामा गरिएको परिक्षणमा अन्य जिल्लाका ४० जनामा समेत संक्रमण देखिएको छ ।

फोकल पर्सन श्रेष्ठका अनुसार भेरी अस्पताल नेपालगन्जको ल्याबमा गरिएको परिक्षणमा जिल्ला भित्रका २१ र जिल्ला बाहिरका ३३, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्याबमा गरिएको परिक्षणमा जिल्ला भित्रका १४ र जिल्ला बाहिरका ७ तथा बागेश्वरी पोलिक्लिनिक प्रा.लि.को ल्याबमा गरिएको परिक्षणमा जिल्ला भित्रका १ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै बाँकेमा हालसम्म ३ हजार ७ सय ४७ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेद्वारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।
यसअघि आजै कोरोना संक्रमणमुक्त हुँदै बाँकेबाट २६ जना डिस्चार्ज भएका थिए । बिभिन्न आईसोलेशन सेन्टरमा बस्दै आएका १३ महिला र १३ पुरुषलाई सोमबार बिहान डिस्चार्ज गरिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी गराउनु भएको छ । बाँकेमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार ५ सय ३० पुगेको छ ।
