
काठमाडौं, ८ मंसिर – नेपालमा थप एक हजार ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सोमबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ८० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १६ जनाले ज्यान गुमाएका छन् । साथै ३ हजार ४३ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म नेपालमा २ लाख २२ हजार २ सय ८८ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
२ लाख २ हजार ६७ जनालाई कोरोना संक्रमण निको भइसकेको छ ।
त्यस्तै, अहिलेसम्म यसको संक्रमणबाट १ हजार ३ सय ३७ जनाले ज्यान गुमाई सकेका छन् ।
