Thursday, May 28सत्यम खबर
Shadow

अपडेटः १३ महिलासहित २६ जना कोरोना मुक्त भई घर फर्किंदै

नेपालगन्ज, ८ मंसिर – सोमबार बाँकेका थप ३१ जना संक्रमित कोरोना मुक्त भई घर फर्किने भएका छन् ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर ४ का १० बर्षिय एक बालकसहित बाँकेका १३ महिला र १३ पुरुष गरी २६ जना संक्रमित कोरोना मुक्त भई घर फर्किंदै छन् । उनीहरुलाई कार्तिक २८ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो ।


यो सँगै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार ५ सय ३० पुगेको छ ।
हाल विभिन्न आइसोलेसन केन्द्रमा १ सय ९५ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् भने बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या ३ हजार ७ सय ११ रहेको छ । बाँके जिल्ला भित्र र बाहिर जिल्लाका गरी ८५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *