Wednesday, February 4सत्यम खबर
Shadow

निर्वाचन आयोगद्वारा जारी आचारसंहिता किन पालन गरेनन् उम्मेदवारहरुले ? आचारसंहिता पालना गर्न कडाई गर्दै आयोग

नेपालगन्ज, १८ माघ – बाँके क्षेत्र नं. २ को उम्मेदवारीमा २२ जना रहेका थिए । जस मध्ये २ जनाले आफ्नो नाम फिर्ता लिएका छन् भने अन्य क्षेत्रमा करीब ६० जना उम्मेदवारहरुले बाँकेको ३ वटै क्षेत्रबाट उम्मेदवारी दर्ता गरिसकेका छन् ।

हाल उम्मेदवारी दर्ता गरिसकेका उम्मेदवारहरुले आ–आफ्नो क्षेत्रमा घरघैलो, कार्यालय उद्घाटन, मतदाता भेटघाट लगायत कार्य गरिरहेका छन् । तर केही दिन अगाडी मात्र निर्वाचन आयोगले सम्पूर्ण उम्मेदवारहरुलाई राखी निर्वाचन आचारसंहिता जारी भई सकेको जानकारी गराउँदै सो पालना गर्न सबैमा अनुरोध गरेको थियो ।

उक्त निर्वाचन आचारसंहितालाई हाल कति पार्टीका उम्मेदवारहरुले पालना गरिरहेका छन् भन्ने प्रश्न गम्भिर रुपमा उठेको छ । बाँके क्षेत्र नं. २ कै हकमा कुरा गर्नु पर्दा हाल जसपा नेपालबाट उम्मेदवारी दर्ता गरेका उम्मेदवार कमरुद्दीन राई घरदैलोमा व्यवस्था रहेका छन् ।

यसैगरी नेकपा एमालेबाट उम्मेदवार रहेका मोहम्मद ईस्तियाक राई, राप्रपाबाट ऋषि देवकोटा, रास्वपाबाट विवेक कुमार श्रेष्ठ, नेकपाबाट दिपेन्द्र बिष्टको चर्चा चारैतिर घरदैलो गरिरहेको चलिरहेको पाईन्छ ।

अब प्रश्न उठ्ने गरेको छ निर्वाचन आयोगद्वारा जारी आचारसंहिता बारे के जानकार नभएका हुन वा जानकार भएर पनि आचारसंहिता पालना गर्ने तर्फ सुरसार नगरेका हुन ?

यता निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्न बाँकेमा कडाइका साथ निगरानी सुरु गरेको छ ।
निर्वाचन आयोगले गठन गरेको निर्वाचन आचारसंहिता अनुगमन समितिले बाँकेको निर्वाचन क्षेत्र नं. २ र ३ मा मौखिक उजुरी आएको जानकारी समेत दिएको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समितिका अधिकृत पूृर्णबहादुर खत्रीले विद्यालयमा कार्यक्रम गरेको, पालिका वडाध्यक्षले पालिकामा प्रचारप्रसार गरेको र पालिकाको डोजर तथा टिपर प्रयोग गरेर सडक ग्राभेल गरेकोलगायत उजुरी आएको बताए । उनले आचारसंहिता विपरीत सबै काम बन्द गरिएको उल्लेख गर्दै सम्बन्धितलाई सचेत बनाइएको जानकारी दिए ।

“हामीले स्थलगत अनुगमन पनि गर्छौं, तर अहिले सूचना र जानकारी आएको आधारमा हामीले काम गरिरहेका छौँ”, निर्वाचन आचारसंहिता अनुगमन समितिका अधिकृत खत्रीले भने ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष भयरिहत वातावरणमा सम्पन्न गराउने उद्देश्यले निर्वाचन आचारसंहिता पालना गर्न अनुगमन समितिले जिल्लामा आग्रह गरेको छ ।

निर्वाचन आयोगले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खत्री र कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख सर्वोदय उपाध्यायलाई अनुगमन अधिकृतका रुपमा तोकेको छ । अनुगमन समितिका अनुसार निर्वाचन प्रचारप्रसारको काम आगामी फागुन ४ देखि १८ गतेसम्म मात्रै गर्न पाउने कानुनी प्रावधान रहेको छ । निर्वाचन आयोगद्वारा जारी भएको निर्वाचन आचारसंहिता माघ ४ गतेदेखि नै लागू भएको छ ।

निर्वाचन आयोग बाँकेद्वारा जारी आचारसंहिता

Election commission

Leave a Reply

Your email address will not be published. Required fields are marked *