Thursday, May 28सत्यम खबर
Shadow

सडक दुर्घटना न्यनीकरण बारे अन्र्तक्रिया

नेपालगन्ज ५ मंसिर – सडक दुर्घटना न्यनीकरणका विषयमा सरोकारवाला बिच आज नेपालगन्जमा अन्तत्र्रिmया गरिएको छ । सडक दुर्घटना पिडितको संरक्षण र कानुनी अधिकारका लागि हाम्रो एकता र प्रतिवद्धता भन्ने अभियानलाई सफल पार्न नेपालगन्जमा अन्र्तक्रिया गरिएको हो ।


सूचना र मानब अधिकार अनुसन्धान केन्द्र, र नेपाल अटोमोवाइल्स एसोसिएसनको संयुक्त आयोजना गरिएको कार्यक्रममा विभिन्न सरोकारवाला निकायले सडक दुर्घटना न्युनीकरणका लागि सबैले आफनो तर्फबाट सहयोग गर्ने र यसबारेका घटनामा कडाई गर्नुपर्नेमा जोड दिएका थिए ।


कार्यक्रममा नासा प्रमुख सल्लाहकार तथा खेलकुद विकास परिषदका केन्द्रीय सदस्य गोबिन्द भट्टराईले सडक दुर्घट्नाका कारण हाल प्रत्येक दिन विश्वभर साढे तीन हजार बढी र नेपालमा ७ जनाले अकालमै ज्यान गुमाई रहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा नेपाल बारका केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठ, अधिबक्ताहरु विश्वजित तिवारी, बलबहादुर चन्द, खेलकुद परिषदका लुम्बनी प्रदेशका प्रतिनिधी सुमित्रा चौधरी लगायतले बोल्नु भएको थियो ।

अन्तत्र्रिmया पश्चात विश्वब्यापी रुपमा संचालित सडक सुरक्षा सम्बन्धि अभियानलाई नेपालमा पनि निरन्तरता दिन बाँके जिल्लामा पनि शुरुवात गर्नका लागि १७ जनाको हस्ताक्षर सहितको ८ बुँदे ज्ञापनपत्र नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरलाई हस्तान्तरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *