Monday, December 8सत्यम खबर
Shadow

डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण

डुडुवा, १७ कात्तिक – डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरेको छ । चालु आर्थिक बर्ष २०८२÷०८३ को प्रथम त्रेमासिक अन्र्तगत साउनदेखि असोजसम्मको भत्ता वितरण गरिरहेको हो ।

पालिका मै बैंकका कर्मचारी पुगेर भत्ता वितरण गरिरहेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार नागरिकलाई सहजकताका लागि बैंकका कर्मचारीहरु गाउँमै आएर भत्ता वितरण गरिरहेका छन । अध्यक्ष चौधरीले भत्ता वितरण प्रक्रियामा बैंिकङ लगायत प्राविधिक समस्याले स्थानीयको घर घरमै पुगेर वितरण गर्न नसक्नु दुखद कुरा भएको भन्दै त्यसको विकल्पमा बैंकलाई गाउँमै बोलाएर वितरण गर्न लागेको बताउनुभयो ।

पालिकाको वडा नं. १, २, ५ र ६ का नागरिकलाई वडा कार्यालय, वडा नं. ३ र ४ का नागरिकलाई पालिकाको कार्यालयमार्फत भक्ता वितरण गरिने सूचना प्रविधी अधिकृत शुरेस बर्माले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक र ज्योती विकास बैंकमार्फत सामाजिक सुरक्षा भक्तावापतको रकम वितरण गरिएको छ ।

डुडुवाको १ देखि ६ वटा वडासम्म करिब चार हजार एक सय ७५ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिने पालिकाका एमआइएस अपरेटर कौशलकुमार कैरातीले बताउनुभयो । उहाँका अनुसार जेष्ठ नागरिक, दलित, एकल, विधुवा, पुर्ण अपागंता भएका व्यक्ति र जन्मेदेखि ५ वर्ष मुनिका दलित बालबालिकालाई सरकारले तोकेको रकम वितरण गरिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *