Tuesday, April 28सत्यम खबर
Shadow

सार्वजनिक शौचालयका लागि मुख्यमन्त्रीलाई ज्ञापनपत्र

नेपालगन्ज ५ मंसिर । विहीबार १९ नोभेम्बर विश्व शौचालय दिवस २०७७ को अवसरमा बाँके र बर्दियाका स्थानीय तहहरुमा सार्वजनिक शौचालय बनाउनका लागि प्रदेश मुख्यमन्त्रीको ध्यानाकषर्ण गराइएको छ । लुम्बिनी प्रदेश अन्तर्गत प्रत्येक स्थानिय सरकारले प्रत्येक वडामा स्वच्छ र सफा निशुल्क सार्वजनिक शौचालय बनाउनका निर्देशनसहितको कार्यान्वयन गर्न गराउन मुख्यमन्त्रीको ध्यानाकषर्ण गराइएको हो ।


सूचना र मानवअधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी नेतृत्वको समुहले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई सो ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै सहायक प्रजिअ उपाध्यायले मागसहितको ज्ञापनपत्र तत्काल मुख्यमन्त्री समक्ष पठाउने प्रतिबद्धता गर्नुभयो । ज्ञापनपत्र प्रदान कार्यक्रममा पत्रकार शुक्रऋषि चौलागाई, अधिवक्ता बलबहादुर चन्द, महिला अगुवा लक्ष्मी तिवारी, अभियन्ता मानबहादुर चौधरी लगायतको सहभागिता रहेको थियो ।


यसैगरी बर्दिया प्रशासनमार्फत पनि अधिकारकर्मीहरुको एक टोलीले ज्ञापनपत्र बुझाएको छ । नेपालको सविधानको धारा ३५ (४) अनुसार प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाई मा पहँुचको हक हुनेछ र स्थानिय सरकार सचांलन ऐन २०७४ अनुसार पनि स्थानिय सरकारले सार्वजनिक शौचालयको व्यवस्थापन गर्ने व्यवस्था रही आएको छ, तर स्थानिय सरकारले सार्वजनिक शौचालय बनाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *