Tuesday, September 30सत्यम खबर
Shadow

उद्योगको संरक्षणका लागि ठोस नीतिगत व्यवस्था आवश्यक: मन्त्री न्यौपाने

कपिलवस्तु, ६ भदाै – लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले उद्योग क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि ठोस नीतिगत व्यवस्था आवश्यक रहेको बताउनु भएको छ ।

इटा उद्योग व्यवसायी संघ लुम्बिनी प्रदेशको प्रथम साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै उहाँले कुन उद्योगलाई कुन तहको सरकारले नियमन गर्ने भन्ने विषयमा अझै स्पष्टता नआएकाले उद्योग क्षेत्रमा अपेक्षित काम हुन नसकेको जानकारी दिनुभयो ।

मन्त्री न्यौपानेले भन्नुभयो “लुम्बिनी प्रदेश सरकार सबल नहुँदा उद्योगीहरू निराश छन्, अब उद्योग–व्यवसायलाई स्थिर बनाउन कानुनी र नीतिगत ढाँचा बनाउनैपर्छ,” ।

उहाले प्रदेशका कर्मचारी प्रदेश लोक सेवा आयोगमार्फत नियुक्त हुनुपर्ने आवश्यकता औंल्याउँदै, यसले प्रशासनिक कामलाई सहज र परिणाममुखी बनाउने बताउनु भयो ।

यातायात क्षेत्रमा प्रदेश सरकारले उल्लेखनीय काम गरेको दाबी गर्दै उनले असोज महिनाभित्रै एम्बेष्ट नम्बर प्रणाली लागू हुने जानकारी दिनुभयो ।

मन्त्री न्यौपानेले प्रदेश सरकारलाई अनुगमन मात्र नभई कारबाही गर्ने अधिकार पनि दिनुपर्ने धारणा राख्दै, उद्योगहरूको नविकरण नहुँदा पनि कर छुटको व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल इटा उद्योग संघका केन्द्रीय अध्यक्ष शंकर बहादुर चन्दले सरकारले इटा उद्योगलाई निरन्तर अपहेलना गरेको आरोप लगाउनु भयो ।

उहाले इटा उद्योगबाट धुवाँ निस्कने भन्दै उद्योगीहरूमाथि मात्रै दोष थोपरेको तर उद्योगीहरूको वास्तविक पीडा सुन्न राज्य असफल भएको बताउनु भयो ।

इटा उद्योगलाई दीर्घकालीन दृष्टिकोणसहित सम्बोधन नगरे उद्योग संकटतर्फ धकेलिने चेतावनी दिनुभयो ।

प्रदेश अध्यक्ष थानेश्वर घिमिरेको अध्यक्ष र महासचिव रुक बहादुर भुसालको सचालनमा कार्यक्रम सम्पन्न भएको छ ।

भिडियाे हेर्न तलकाे लिंकमा क्लीक गर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *