Monday, April 27सत्यम खबर
Shadow

स्वास्थ्य सामग्री सहयोग

नेपालगन्ज, १९ कार्तिक – जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँके र भेरी अस्पताल नेपालगन्जलाई भेरी वातावरण बिशिष्टता समूह (बि–ग्रुप) ले स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराएको छ ।
जिल्लामा सञ्चालन भैरहेको एल.डि.एस.सि, कोभिड–१९ पुर्ब तयारी र प्रतिकार्य कार्यक्रम अन्तर्गत स्वास्थ्य सामग्री उपलब्ध गराईएको छ ।


कोभिड–१९ को रोकथाम तथा ब्यवस्थापनका लागि आवश्यक पुर्वतयारी र प्रतिकार्यमा प्रयोग हुने पि.पि.इ., पल्स अक्सिमिटर, सर्जिकल माक्स, ग्लोभ्स, स्यानिटाइजर, एन–९५ माक्स र म्यानुअल स्प्रे मेसिन सहयोग उपलब्ध गराईएको बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रले उक्त सामान उपलब्ध गराउने बि–ग्रुपप्रति आभार ब्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *