Sunday, April 26सत्यम खबर
Shadow

वडा सदस्य परियारको स्मृतिमा शोकसभा

नेपालगञ्ज, १८ कार्तिक – नेपालगन्ज उप–महानगरपालिकाले वडा सदस्य शान्तिदेवी परियारको निधनप्रति दुःख व्यक्त गर्दै मंगलबार श्रद्धाञ्जली सभा गरेको छ ।
श्रद्धाञ्जली सभामा नगरप्रमुख डा. धवलशम्शेर राणाले परियारको निधनले नेपालगन्जले एकजना कर्मठ र शालिन ब्यक्ति गुमाएको बताउँदै उहाँबाट सधै सकारात्मक सहयोग प्राप्त भएको बताउनुभयो ।


कार्यक्रममा नगर उपप्रमुख उमा थापामगर, प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।
नगर प्रमुख प्रमुख राणा, उपप्रमुख उमा थापा मगर, प्रतिनिधीसभा सदस्य सर्वतआरा खानम, प्रदेशसभा सदस्य मोहम्मद याकुब अन्सारी लगायतले स्व. परियारको तस्बीरमा माल्र्यापण गर्नुभयो ।


नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ का वडा सदस्य परियारको कोरोना संक्रमणबाट सोमबार भेरी अस्पतालमा निधन भएको हो । वडा नम्बर २ का वडाध्यक्ष सुनिलसिंह हमालले वडा सदस्य परियार वडाभित्र अति सक्रिय जनप्रतिनिधी रहेको बताउँदै आफुहरुले अभिभावक गुमाएको बताउनुभयो ।
वडा सदस्य परियारको निधनमा शोक मनाउँदै नेपालगन्ज उपमहानगरपालिका र वडा कार्यालयमा मंगलबार अत्यावश्यक बाहेकका अन्य सेवा प्रवाह बन्द गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *