नेपालगन्ज, ८ कार्तिक – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का जनप्रिय वडाअध्यक्ष प्रमोद रिजालले आफ्नो वडा भित्र रहेको वडाबासीहरुको स्वास्थ्य सुधारका लागि बेलाबखत वडा कार्यालय मार्फत सक्दो पहलकदमी गर्दै आईरहेका हुन्छन् । सायद यसै मानवताप्रेमी स्वाभावले गर्दा उनलाई दोस्रो कार्यकालको लागि वडा नं. १ का वडाबासीहरुले निर्वाचित गराएका छन् ।
यसैक्रममा आज बिहिबार ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको आयोजना तथा प्रविधिक सहयोगमा १ नं. वडा कार्यालयको शहरी स्वास्थ्य केन्द्रमा १०७ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमा पुरुष ४० जना, महिला ६७ जनाले स्वास्थ्य लाभ लिएका छन् ।
कान परीक्षणका क्रममा कान पाक्ने रोगबाट पीडित ११ जना, काने गुजीका २० जना, काने ढुसीका ८ जना, कान कम सुन्ने क्षमताको जाँच अडियोग्राममा १५ जना रहेको आउटरिच इन्चार्ज भीषणकुमार थारूले जानकारी गराउनुभयो ।
आउटरिच इन्चार्ज भीषणकुमार थारुले दिएको जानकारी अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म १ नं. वडाका वडाबासीहरुको कान स्वास्थ्य परीक्षण गरिएको बताए । सो अवसरमा वडाका जनप्रतिनिधि लगायतले सहयोग र सहकार्य गरिनुका ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका बरिष्ठ कान सहायक चिकित्सक सीता चौधरी र आफूले कान चेकजाँच गरेको बताए ।
आउटरिच इन्चार्ज भीषण थारुले दिएको जानकारी अनुसार ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा जिल्ला भित्र वा जिल्ला बाहिर कही पनि कान चेकजाँच सहकार्य गर्न सदैव तत्पर रहेको तथा हामीसित सहकार्य गर्न कोही इच्छुक भए सम्पर्क गर्न समेत बताउनु भयो ।