
नेपालगन्ज, २७ असोज – मंगलबार कोरोनाका नयाँ ३ हजार ५ सय ५६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको उनले बताए ।

यस दिन कोरोनाबाट १ हजार ५ सय ३ निको भएका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७८ हजार ७ सय ८० पुगेको छ ।
अहिले देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा ३५ हजार ९ सय १५ जना सक्रिय संक्रमित छन् । कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ६३ पुगेको छ । मंगलबार मात्र थप मृतक १८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
