नेपालगन्ज, २८ माघ – नेपालगन्ज उपमहानगरपालिका वडा नंं. १८ ले एकपछि अर्को विकास निर्माण कार्यलाई तिब्रता दिंदै शिलान्यास गर्दै शनिबार थप ५० लाख बराबरको सडक नालासहितको योजना शिलान्यास गरेको छ ।
वडाध्यक्ष बर्माले– ‘२०७४ साल अगाडी तेजनगरमा विकास भन्ने कुनै गन्ध नै थिएन । निर्वाचित भएर हामी आएदेखि यस क्षेत्रमा देखिएको सडकलगायतको संघीय बजेटमार्फत निर्माण गराएका छौं । त्यस अनुसार हामीले अहोरात्र खडी कार्य प्रगति भईरहेको तथा हाल यस तेजनगरमा थप निर्माण कार्यको लागि वडाको बजेटबाट सडक निर्माण नालासहित आज शिलान्यास गरिएको बताउनुभयो ।’
यस सडक निर्माणको जम्मा बजेट ५० लाख रहेको भएपनि थप सानो–सानो २ वटा योजना रहेको जानकारी गराउँदै त्यसलाई पनि यसै बजेटमार्फत सम्पन्न गर्नुपर्ने भएको हुँदा आउने समयमा थप बजेट आवश्यक भए त्यसको व्यवस्थापन गर्ने वडाध्यक्ष बर्माले बताउनुभयो ।
शनिबार शिलान्यास गरिएको सकड स्टरउन्नति गर्न करीब ३५ लाखको खर्च हुने स्रोतको दाबी रहेको छ । बाँकी रकम थप दुई योजनामा खर्च हुने जानकारी गराईएको छ ।