Thursday, April 23सत्यम खबर
Shadow

महोत्सवमा ‘लुट्न सके लुट कान्छा’ गाउ“दा दर्शक झुमे

नेपालगन्ज, १८ पौष – चर्चित लोक दोहारी गायक पशुपति शर्माले ‘लुट्न सके लुट कान्छा’ गाउ“दा दर्शक महोत्सव मै झुमेका छन् । नेपालगन्जमा जारी छैठौं नेपालगन्ज महोत्सवमा शर्माले आफ्नो चर्चित गीत ‘लुट्न सके लुट’ गाउँदा महोत्सवका दर्शकको भरपुर रमाएका थिए ।
पशुपति शर्मा मञ्च मै आउने बितिकै दर्शकहरुले ‘लुट्न सके लुट कान्छा’ बोलको गित गाउंन हुटिङ नै गरेका थिए । शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत यूट्यूव, सामाजिक सञ्जाल र महोत्सवका मञ्चहरुमा सबैभन्दा बढी दर्शकहरुको डिमाण्ड हुने गरेको छ ।


गायक शर्माले झन्डै २ घण्टा लामो समयसम्म बिभिन्न गित गाएर दर्शकहरुलाई मनोरन्जन दिनुभएको थियो । गायक शर्माको ‘लुट्न सके लुट कान्छा’ स“गै चिन्ता छैन केइ मलाई अमेरिका यही मलाई जापान पनि यही मलाई बेलायत नि यही, सार·ी र्याई र्याई भयो जीवन तिरिमिरी झाइ, क्यार्न माया मारी छौ सानीले क्यार्न माया मारी छौ, स्याङ्जा जाने बाटैमा तलाउ बिर्सी जाने मायालाइ के भनउ, सुति सुति खान खोज्यो सुत्नै पनि गा¥हा, डालिमा चील बस्यो लगायतका एक दर्जन बढि चर्चित चर्चित गीत गाएर दर्शकलाई मनोरन्जन दिनुभएको थियो ।


महोत्सवमा चर्चित र्चिचत कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । महोत्सबमा हरेक दिन विभिन्न खाले बाल उद्यानका खेलहरु, थारु गाउ“मा विभिन्न थारु परिकारका स्वाद लिन सकिने लगायतका विभिन्न खाले मनोरञ्जन लिन सकिने मनोरञ्जनात्मक प्रदशनीहरु रहेको संयोजक बुढाले जानकारी गराउनुभयो ।
यस्तै भोली (बिहीवार) चर्चित गायक भुवन खड्का, डिजे पाचि भो, र्यापर अफिम लगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक टिमका संयोजक नन्दबहादुर बुढाले जानकारी गराउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *