Monday, April 20सत्यम खबर
Shadow

चाइनिजभन्दा भारतीय प्याज १५ रूपैयाँ महँगो, आज कुन तरकारीको भाउ कति छ

काठमाण्डौ, ७ पौष – कालीमाटी फलफूल तथा तरकारी बजारमा आज चाइनिज भन्दा भारतीय प्याज किलोमा १५ रूपैयाँ महँगो छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज भारतीय सुकेको प्याजको भाउ १०५ देखि ११५ रूपैयाँ छ।

चाइनिज प्याजको भाउ ९० देखि १०० रूपैयाँ प्रितिकिलो छ।

हिजो १३० रूपैयाँदेखि १४० रूपैयाँमा कारोबार भएको भारतीय सुकेको प्याज आज किलोमा २५ रूपैयाँ सस्तिएको छ।

आज भारतीयभन्दा नेपाली गोलभेडाभन्दा २० रूपैयाँ सस्तो छ।

भारतीय गोलभेडाको मूल्य प्रतिकिलो ७० देखि ८० रूपैयाँ तोकिँदा नेपाली ठूलो गोलभेडाको मूल्य प्रतिकिलो ५० देखि ६० रूपैयाँ निर्धारण गरिएको छ।

सानो लोकल गोलभेडा १२ देखि २० रूपैयाँ प्रतिकिलो छ। टनेलको सानो गोलभेडाको मूल्य १४ देखि २० रूपैयाँ तोकिएको छ।

भारतीय भन्दा नेपाली रातो आलुको भाउ २ रूपैयाँ महँगो छ। नेपाली रातो आलुको भाउ ३४ देखि ३६ रूपैयाँ प्रतिकिलो तोकिएको छ भने भारतीय रातो आलुको मूल्य प्रतिकिलो ३२ देखि ३५ रूपैयाँ निर्धारण गरिएको छ।

सेतो आलुको भाउ २८ देखि ३० रूपैयाँ प्रतिकिलो तोकिएको छ।

स्थानीय काउलीको भाउ हिजोको तुलनामा आज किलोमा १० रूपैयाँ महँगिएको छ। हिजो २५ देखि ३५ रूपैयाँमा कारोबार भएको काउलीको भाउ आज ३५ देखि ४५ रूपैयाँ तोकिएको छ। सेतोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *