Sunday, April 26सत्यम खबर
Shadow

विहिबार ४ हजार ३ सय ६४ संक्रमित

नेपालगन्ज, २२ असोज – बिहीबार देशभर ४ हजार ३६४ कोरोनाका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यी सहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।


त्यस्तै यस अवधिमा २ हजार ६ सय ७५ जना कोरोनाबाट निको भएका छन् । यी सहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७१ हजार ३ सय ४३ पुगेको छ ।
देशभर हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ रहेको प्रवक्ता गौतमले बताए ।
यस दिन थप १२ जनाको कोरोनाबाट मृत्यु भएको छ । यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ ।
यसैगरी स्वास्थ्य मन्त्रालयद्वारा बढ्दो संक्रमणलाई मध्य नजर गर्दै चाडपर्वमा घर नजिकै रहेको पसलहरुबाट सामानहरु खरिद गरौं, भिडभाड हुने ठाउँमा नजाऔं, घर बाहिर निस्कदा मास्कको प्रयोग गरौं लगायतको जानकारी गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *