
सत्यमखबर
नेपालगञ्ज, ३१ असोज । शहरी विकास मन्त्री मोहम्म्द इस्तियाक राईले जनता आवास तथा शुरक्षित आवास कार्यक्रम मार्फत लाभान्वित हुने नागरिकहरुको तथ्याङ्क सँकलन तथा नाम सिफारिसमा खटिने ब्यक्ति गम्भीरता पुर्वक सत्यतथ्यमा आधारित रहेर सिफारिस गर्नुपर्ने बताएका छन ।
दसैंको विदामा आफ्नो गृहनगर नेपालगञ्ज पुगेका नेपाल सरकारका शहरी विकास मन्त्री दशैको शुभकामना आदान प्रदान गर्दै सो कुरा बताएका हुन । जनताको घरघरमा पुगेर दसैंको बधाई तथा शुभकामना दिनेक्रममा नेपालगञ्ज उपमहा नगरपालिकाको पुरैनामा एक छलफलका क्रममा मन्त्री राईले भने,राजनैतिक पुर्वाग्रहको भावना वा प्रभावमा नभएर बास्ताविकताको आधार नाम सिफारिस होस ।
जुनसुकै पार्टीको बिचार बोकेको मान्छे भएपनि उसको समस्या हेरेर, प्राथमिकता दिने बताँउदै गलत मान्छे सिफारिस गर्नेको गल्ती क्षम्य नहुने सम्बन्धित सबेैलाई मन्त्रीराइर्ले सचेत गराएका छन ।
यस्तै गरि मन्त्री राईले यस क्षेत्रको शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै महिला डिग्री कलेज तथा स्वास्थ्य सम्बन्धी टेक्निकल कलेज स्थापनाको लागि जग्गा खोजि भईरहेकोले जग्गा उपलब्ध हुने बित्तिकै त्यसको लागि बाकी प्रक्रिया थाल्ने बताएका छन ।
शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री राईले जनताहरुको सहरी बिकास मन्त्रालय बाट गरिने कामहरुको बारे आशा अपेक्षा बारे समेत सल्लाह सुझाव समेत लिएका छन । त्यस क्रममा स्थानियहरुले बाटो घाटो, बिद्यालयको बाउन्ड्री निर्माण, मन्दिर, मदरसा लगायतको निर्माणमा सहयोग गर्न अनुरोध गरेका छन ।
मँगलवारदेखि शुभकामना आदान प्रदान गर्ने अभियान थालेका मन्त्री राई संगै ५नम्बर प्रदेशका साँसद तथा ,कुषि बन तथा वातावरण समितिका ५ नं. प्रदेश सभापति बिजय बहादुर यादव तथा पार्टीको जिल्ला अध्यक्ष कमरुद्दिन राई स्थानीय नेता कार्यकर्ता पदाधिकारीहरु समेतको टोली रहेको समाजवादी विद्यार्थी फोरम नेपालको अध्यक्ष फैज हल्वाई ले बताए ।
मन्त्रीे राईले बुधवार पुरैना ,बिर्ता ,उदयपुर, लालापुर, हिरमिनिया, जँगलीशन पुर्वा भँघोटना तथा भवनियापुर पुगेर शुभकामना आदान प्रदान सँगै भेलालाई सम्बोधन गरेका छन ।
यसैगरी मंगलवार मन्त्री राईले डुडुवा गाउँपालिकाका विभिन्न गाउँमा पुगेर जनतासंग शुभकामना आदानप्रदान गरेका थिए् । सो अवसरमा होलिया, बेतहनी, बनकट्टी र कम्दीका ८ (आठ) गाउँ भन्दा बढी स्थानमा पुगेर मन्त्री राईले जनतासंग भेट गरेर उनिहरुको पिरकर्मा बुझ्नुका साथै शुभकामना आदानप्रदान गरेका हुन ।
सो अवसरमा विभिन्न स्थानमा भेला भएका स्थानीयलाई सम्बोधन गर्दै मन्त्री राइले मन्दिर र मदरशा निर्माणका बजेट छुट्टयाएको बारेमा स्थानीय वासीहरुलाई मन्त्री राई ले बताए ।
शुभकामना आदान प्रदान र भेटघाटका लागि मन्त्री राई विना कुनै पूर्व सूचना जनताको घरदैलोमा पुगेपछि स्थानीय वासिन्दा निकै उत्साहित भएका थिए । स्थानीय वासिन्दाले मन्त्री राईको आफ्नो घर घरमा भव्य स्वागत गरेका थिए ।
पहिलो पटक यसरी कुनै मन्त्रीले जनताको घर घरमा तथा गाउँ गाउँ पुगेर शुभकामना आदन प्रदान गर्नुका साथै स्थानियहरु सँग भलाकुसारी समेत गरेकाले मन्त्रीको यस कदमबाट उनको लोकप्रियता अत्याधिक बढेको बताईन्छ ।
