Sunday, April 26सत्यम खबर
Shadow

कडा सुरक्षाबीच नेकपा संसदीय दलको बैठक शुरू

बुटवल, १९ असोज – प्रदेश ५ को सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठक केहीबेर अघि सुरू भएको छ । प्रदेश राजधानी र नामबारे निर्णय गर्न बिहान सात बजेका लागि बोलाइएको बैठक ११ बजेपछि सुरू भएको हो ।
मुख्यमन्त्री शंकर पोखरेल नै ढिला आएकाले बैठक ढिला सुरू भएको हो ।

प्रदेश ५ को नेकपा संसदीय दलको कार्यालय बाहिर तैनाथ सुरक्षाकर्मी । तस्बिरः सेतोपाटी ।


बैठकस्थल बाहिर बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ । मन्त्रिपरिषद्ले प्रदेश ५ को राजधानी देउखुरी र नाम राजधानी राख्ने निर्णय गरेको छ । उक्त निर्णयअनुसार सरकारले प्रदेश सभामा प्रस्ताव पनि पेस गरेको छ ।
उक्त प्रस्तावमाथि छलफल गर्न आजै प्रदेश सभा बैठक बोलाइएको छ ।
प्रस्ताव पारित गर्ने विषयमा भने नेकपा कै सांसदहरू नै विभाजित छन् । तीमध्ये सांसद विष्णु पन्थीले दाङ राजधानी बनाउने निर्णय गरे आफूले पार्टीको ह्वीप नमान्ने बताएका छन् । (सेतोपाटी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *