
नेपालगन्ज, ९ श्रावण – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ को हाल ग्राभेल कहाँ कति खसाईएको चर्च चलिरहेकै बेला सत्यमखबरका सुजल चन्दन त्रिपाठीमार्फत वडा कार्यालयबाट सूचना मांग गरिएको थियो ।
उक्त सूचना अनुसार वडा नं. ६ ले बिल, भरपाई उपलब्ध गराउने नसक्ने गरी सूचना उपलब्ध गराएको छ तर कुन कानून र धारा अन्तर्गत बिल र भरपाई उपलब्ध गराउन नसक्ने बारे उल्लेख गरेको छैन । उक्त सूचना अनुसार २ पटकमा ग्राभेलको सूचना प्रकाशित गरी उक्त कार्य गर्ने ठेकेदारहरुमार्फत सम्झौता गरिएको थियो । जसमा ८ लाख बराबरको एउटा रहेको छ भने ४ लाख बराबर अर्को गरी जम्मा १२ लाख बराबर रहेको थियो ।
उक्त १२ लाख बराबर नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ को विभिन्न टोलहरुमा आवश्यकता अनुसार खसाईएको सम्बन्धित वडा कार्यालय स्रोतको दाबी रहेको छ ।
जस अनुसार अदानचुली कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.ले विकास नगर टोल सडकमा ७२ घनमीटर (२४ ट्रली), क्यान्सर अस्पताल पछाडी २९.७६ घनमीटर (१० ट्रली), मानबहादुर गिरीको घर अगाडी १५.७५ घनमीटर (५ ट्रली), पुजा गुप्ताको घरहुँदै राजबहादुर बुढाको घरसम्म १३ ट्रली ग्राभेल खसाईएको सूचनामा उल्लेख गरिएको छ ।
यसैगरी, फुल्टेक्रा स्कूल चन्दको घर अगाडी ५०.४० घनमीटर (३ टिपर, ४ ट्रली), रामनगर सितामार्ग सडक भूमी दमाईनीको घर नजिक ४७.९४ घनमीटर (३ टिपर, ४ ट्रली), जमालुद्दीन बागवानको बगैचा नजिक तेली टोल २६.२५ घनमीटर (२ टिपर), प्रभाव जंग शाहको घर अगाडी १३.५० घनमीटर (४ ट्रली) ग्राभेल खसाईएको उल्लेख गरिएको छ ।
यसैगरी सुपर स्काई कन्स्ट्रक्सन राप्तीसोनारीमार्फत भएको काममा कृष्ण परियारको घर अगाडी २६.६२ घनमीटर (१० ट्रली), हुलाकी सडकदेखि उत्तर पश्चिम ब्याट्री फ्याक्ट्री सडक ३१.५० घनमीटर (११ ट्रली), दिलीप रेग्मीको घर अगाडी १५ घनमीटर (५ ट्रली), एकता नगर प्रतिभा पुरीदेखि लक्ष्मी बानियाको घरसम्म १४.४० घनमीटर (५ ट्रली), फुल्टेक्रा भगवतीको घर अगाडी कोलिया बाटो ६.०८ घनमीटर (२ ट्रली), ब्यारेक टोल सडक २१.७७ घनमीटर (७ ट्रली) तथा निर्मला बिष्ट थापाको घर अगाडी १५ घनमीटर (५ ट्रली) ग्राभेल खसाईएको सूचना वडा कार्यालयबाट उपलब्ध गराईएको छ ।
सूचनामा जानकारी गराईए अनुसार ७ दिने रितपुर्वक अवधी भित्र अदानचुली कन्स्ट्रक्सन एण्ड सप्लायर्सले रु. ६ लाख ८८ हजार १ सय २५ रुपैयाँ ४५ पैसामा सम्झौता गरिएको थियो भने सुपर स्काई कन्स्ट्रक्सन, राप्तीसोनारीबाट ३ लाख ४२ हजार ६ सय ६२ रुपैयाँमा सम्झौता गरिएको जनाएको छ । उक्त सम्झौता भ्याट र कन्टिजेन्सी खर्च बाहेकको शुल्कमा गरिएको थियो ।
माथि उल्लेख स्थानहरुमा ग्राभेल खसाईएको छ वा छैन ? भने अनुसार नै खसाईएको छ वा छैन ? भन्ने जानकारी सम्बन्धित वडाका टोलहरुले आवश्यक पनि गराउने नै छन् । तर उक्त १२ लाख ग्राबेलमा उठेको प्रश्न बारे कति कसको सेटिङ्ग रहेछ भन्ने सत्यतथ्य आवश्यक पनि सत्यमखबरले आउने दिनमा सार्वजनिक गर्नेछ । फाईल फोटो
