Monday, April 27सत्यम खबर
Shadow

अपडेटः बाँकेमा आज १७ महिलासहित ३४ जना घर फर्किदै

नेपालगन्ज, १४ असोज – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका १७ महिलासहित ३४ जना निको भई घर फर्किने भएका छन् ।
भाद्र ३१ गते कोरोना संक्रमित देखिएका उनीहरु आज बुधबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।


हालसम्म बाँके जिल्लामा १ हजार ८ सय ८७ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि १ हजार ५ सय ४१ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ३ सय ३१ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।
उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ८१.६६ रहेको छ भने बिरामी मृत्यु दर ०.७९ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.३१ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ४ महिलासहित १५ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *