
नेपालगन्ज, १२ असोज – सोमबार थप १ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५१ जनामा संक्रमण पुष्टि भएको हो । यी सहित हालसम्म संक्रमित हुनेको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७ सय ४२ जना कोरोनाबाट निको भएका छन् । यीसहित हालसम्म निको हुनेको संख्या ५४ हजार ६ सय ४० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६ सय २४ रहेको मन्त्रालयले जनाएको छ ।
यस दिन १० हजार ८० जनाको पिसिआर परीक्षण भएको छ ।
सोमबार थप ४ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ ।