Thursday, April 23सत्यम खबर
Shadow

महोत्सवमा आज यी चर्चित कलाकार आउँदै

नेपालगन्ज, २६ माघ – बाँकेको नेपालगन्जमा जारी महोत्सवमा आज राष्ट्रिय स्तरका चर्चित गायक गायिका आउने भएका छन् ।
नेपालगन्जको कारकाँदो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा बिहिबार गायक एवं मोडल दुर्गेश थापा, गायिका भूमिका गिरी आउने भएका महोत्सवको प्रचारप्रसार समितिका संयोजक भागवत कंडेलले जानकारी दिए ।
स्थानिय गायक अशोक रावलको समेत प्रस्तुति रह्नेछ भने कार्यक्रम उद्धोषक सञ्जय देवकोेटा र उद्धोषिका प्रेरणा गिरीले संचालन गर्ने तय भएको महोत्सव स्थित सचिवालयले जनाएको छ ।
यस्तै, दर्शकको थप मनोरञ्जन र स्थानिय कलाकारको उत्पादन गर्ने उद्देश्यका साथ लुम्बिनी प्रदेश स्तरीय नृत्य प्रतियोगिता भईरहेको छ । महोत्सवमा एस एम कला केन्द्र ग्रुपको समेत प्रस्तुति रहनेछ ।
यस बाहेक दर्शकको मनोरञ्जनका लागि महोत्सव परिसर भित्र नेपालमै उत्पादित खाद्य वस्तुका स्टल, बाल उद्यान, थारु होमस्टे र थारु गाँउमा अवलोकन गरेर बिभिन्न थारु परिकारको समेत छुट्टै मजा लिनसक्ने छन ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र शिवालय सेक्युरिटी तथा मल्टीपर्पोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा जारी महोत्स यहि शनिवार सम्म संचालन रहनेछ । महोत्सवलाई फलो मि इभेन्ट म्यानेजमेन्ट प्रा.लि.ले व्यवस्थापन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *