Wednesday, April 22सत्यम खबर
Shadow

भारत विरुद्ध प्रयोजित रुपमा विरोधाभास बन्द गरौं, आफनो उत्पादनमा जोड दिऊ

काठमाण्डौ, २४ माघ – नेपाल भारत बीच रहेको अटुट सम्बन्धलाई जसरी पनि जस्तो सुकै बहानामा बिगार्ने नियतिले केही ब्याक्तीहरु प्रायोजित तरिकाले लागेर बिरोध गरेको देख्न पाईन्छ । यथार्थमा त्यो जायज कदापी हुन सक्दैन ।
सुरेस कुमार – यो नाटक किन हो मैले आज सम्म बुझेको छैन । आजको मितिमा काठमाडौमा ६० रुपिया किलो गोलभेंडा छ, अनि ४० रुपैया किलो काउली छ । भनिन्छ भारतबाट तरकारी आएकोले गर्दा नेपालको तरकारीले स्थान पाएन भनेर । अनि सडकमा यसरी पोखिन्छ र बिरोध शुरू हुन्छ । किसान भित्रै बाट आफ्नो उत्पादनलाई बजार सम्म पुराउने सोच के हामीमा नभएकै हो त ?
भारतको टमाटर बोर्डर, भन्सार चेकजाच हुदै त्यत्ति टाडाबाट काठमाडौ सकुसल आउन सक्छ भने ईलाम वा धनगढीबाट के काठमाडौ सम्म सकुशल ल्याउन सकिन्न र ? नेपाल कै उत्पादन पाईयो भने हेर्दा राम्रो तर विषादीयुक्त उत्पादन कसैले किनेर खादैन । उत्पादनमा ध्यान दियौ तर बजार व्यवस्थापनमा खोई ध्यान दिएको भारतीयले उत्पादनलाई बजार सग जोडेको छन तर हाम्रो उत्पादनलाई हामीले बजार सग जोड्नै सकेको छैन मास उत्पादन गर्दा भारतमा उत्पादन लागत कस्ट कम हुन्छ त्यहा सरकारद्वारा कृषि ऋण, मल, दबाई, उपकरण आदीमा सब्सिडी दिदा लागत घट्छ तर ढुवानी र बिचौलियाले त्यहि टमाटर महंगोमा मार्केटमा ल्याई पुर्याउछन ।
त्यहि बिचौलियाले यहापनि सेम कस्ट मै उत्पादनहरु खोज्छन तर नपाउदा तपाईको उत्पादन खेत मै कुहिन्छ । यो खेल बिचौलियाद्वारा खेलिएको हो । यसलाई राज्यले निगरानी गर्न आवस्यक छ होईन भने कृषक युनियन बनाएर आफ्नो उत्पादको बजारीकरणमा स्वयं ध्यान देऔ । अनि बिचौलियाको रोजिरोटी आफै खोसिन्छ । भारतमा १० रुपैया किलो मै पाईए नि ढुवानी १० रुपैया नै पर्छ अनि बिचौलियाले मुनाफा १० राख्छ खुद्रा व्यापारीले १० यसरी बजाररेट ४० पुग्छ । अनि बिचौलियाले मुनाफा १० राख्छ खुद्रा व्यापारीले १० यसरी बजाररेट ४० पुग्छ ।
नेपाली उत्पादन १५ प्रतिकिलो भो भने ढुवानी ५ होला अनि आफ्नै उत्पादन भएकोले १०÷१५ मुनाफा राख्दा नि ३०÷३५ मा मार्केटमा लैजान सकिन्छ । आफु र बजार बिचको बिचौलियालाई हटाउनुस हर गाउमा कृषक द्वारा नै कृषी उपज कलेक्सन सेन्टर खोली त्यसलाई बजार संग जोड्नुस अनि हुनेछ कृषी उद्योग कृषीलाई जिविकोपार्जनको पेशा होईन उद्योग बनाउने तर्फ सोचौ क्रेताले त जहा सस्तो पाउछ त्यहि किन्छ ।
काउली र गोलभेंडाको राष्ट्रियता हुदैन । प्राय ः सिमावर्ती बजार क्षेत्रमा साईकल लिएर भारत छिरेर आफ्नो प्रयोगको लागि ५ किलो सब्जी ल्याउने भिड प्रत्येक दिन हजारौंको संख्यामा देखेको छु मैले । अर्थात सरकारले भारतीय तरकारीलाई लिगल्ली आउन नदिए चोरबाटो बाट नेपाली छिरेर तरकारी ल्याउने छन ।
यो रोकिनेवाला छैन । त्यसैले विरोध होईन विकल्प सोचौ । बजार र कृषकलाई जोडेर कृषिलाई परिवार पाल्ने पेशा होईन कृषी उद्योगको रूपमा विस्तार गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *