काठमाण्डौ, २४ माघ – बंगलादेशमा अज्ञात व्यक्तिहरूको समुहले १४ हिन्दु मन्दिरमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।
‘अन्धयारो बनाएर अज्ञात व्यक्तिले आक्रमण गरी तीन वटा संघका १४ वटा मन्दिरमा रहेका मूर्ति तोडफोड गरेका हुन्,’ बलिया डाँगीका हिन्दु समुदायका नेता विद्यानाथ बर्मनले भने । 
‘देशको शान्तिपूर्ण अवस्थालाई बिथोल्नका लागि यो एउटा योजनाबद्ध हमला भएको प्रष्ट देखिन्छ,’ प्रहरीले भने । एजेन्सी
