Wednesday, April 22सत्यम खबर
Shadow

आयसा गर्ल्स कालेजमा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

कपिलवस्तु, २३ माघ – कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. ३ मा रहेको आयसा गर्ल्स कालेजमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खाँ नेपालीको पहलमा आज निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालरको आयोजनामा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
सञ्चालन गरिएको शिविरमा छालातथा यौन रोग, महिला तथा स्त्रीरोग तथा जनरल सेवाहरूका साथ शिविर सञ्चालन गरिएको छ । सो शिविरबाट कृष्णनगर नगरपालिका भित्रका बहुसंख्यक सेवाग्राही आफ्नो चेकजाँच गराउनका साथै निशुल्क रूपमा औषधि समेत लगेका छन् ।
स्त्री रोग विशेषज्ञ शकुन्तला गुप्ता, छाला रोग विशेषज्ञ रक्षा पाठक, जनरल फिजिशियन डा. पोषण न्योपाने रहेका थिए ।
सोही क्रममा राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रिय अध्यक्ष डा. अब्दुल गनी अल्कूफी, आयसा गर्ल्स कालेजका अध्यक्ष डा. मन्जुर अहमद खाँ, मौलाना अब्दुल नूर, डा. सहिद अहमद असरि, मौलाना अब्दुल सत्तार, मौलाना अब्दुल रशीद मदनी, राष्ट्रिय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की लगायतले प्रदेश निर्दैशनालयका डायरेक्टर डा. विनोदकुमार गिरि, मुस्लिम आयोगका सदस्य अरशद मिर्जा बेग, बरिष्ठ जनस्वास्थ्य प्रशासक रोसनलाल चौधरी तथा कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्मालाई राष्ट्रिय मदरसा संघ नेपालले सम्मान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *