Monday, April 20सत्यम खबर
Shadow

फिजीले सुरक्षाका विषयमा चीनसँग सहकार्य नगर्ने

काठमाण्डौ, २३ माघ – फिजीले चिनियाँ कर्मचारीहरूलाई फिजी प्रहरी बलसँग काम नगर्न आग्रह गरेको छ। फिजी टाइम्सले प्रधानमन्त्री सिटिभेनी रबुकालाई उद्धृत गर्दै फिजी प्रहरीले चिनियाँ अधिकारिहरूसँग सहकार्य जारी राख्न आवश्यक नरहेको बताएको छ।

फिजी र चीनले २०११ मा हस्ताक्षर गरेको समझदारी पत्रलाई उल्लेख गर्दै फिजीका प्रधानमन्त्रीले भने, ‘हामीलाई सो सहकार्य जारी राख्नु आवश्यक छैन। काम गर्ने हाम्रो प्रणाली फरक छ।’

फिजीले पहिलो पटक अन्य देशका कर्मचारीसँग सुरक्षाकर्मीले सहकार्य गर्न आवश्यक नरहेको सार्वजनिक रूपमा बताएको हो। सन् २०११ मा गरिएको सहमति अनुसार फिजीका प्रहरी अधिकारीहरूले चिनियाँ अधिकारिहरूसँग तालिम लिने लगायतका विषयहरू सामावेश थिए। सन् २०२१ मा यस किसिमका तालीम गतिविधिहरू थप अगाडि बढाउन चिनियाँ प्रहरीको सम्पर्क कार्यालय फिजीमा खोलिएको थियो र यस किसमका गतिविधि निकै उचार्इमा पुगेको थियो।

फिजी टाइम्सका अनुसार चीनको र फिजीको प्रजातान्त्रिक र न्यायिक प्रणाली पृथक रहेकाले यस किसिमको सहकार्य आवश्यक नरहरेको बताइएको छ। यद्यपि अष्ट्रेलिया र न्युजिल्याण्डसँग बने यस किसिमका सहकार्य जारी रहने छ। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *