Friday, April 17सत्यम खबर
Shadow

अमेरिकी सेना नेपाल आउने हल्ला निराधार : राजदूत थम्पसन

काठमाण्डौ, २ माघ – अमेरिकी राजदूत डीन आर थम्पसनले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत अमेरिकी सेना नेपाल आउने भन्ने हल्ला निराधार भएको बताउनुभयो ।राजदूत थम्पसनले बुधबार संचारकर्मीहरू छलफल गर्ने क्रममा एक प्रश्नको उत्तर दिंदै उहाँले एमसीसी परियोजना नेपालीको लागि नेपालले नै रोजेको र यसको कार्यान्वयन पनि नेपालले नै गर्ने भएकोले अमेरिकी सेना नेपाल आउने कुनै सम्भावना नै नरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘एमसीसी परियोजनामा काम गर्न आउने अमेरिकी नागरिकहरूको सुरक्षाका लागि अमेरिकी सेना आउने भन्ने हल्ला सरासर निराधार हो । म स्पष्ट पार्न चाहन्छु, जसरी नेपालस्थित हाम्रा दूताबासका कर्मचारीहरू र यहाँ कार्यरत् अमेरिकी पीस कोरअन्तर्गत यहाँ कार्यरत् अमेरिकी नागरिकहरूको सुरक्षा नेपाल सरकारले गरिरहेको छ, एमसीसी परियोजनामा काम गर्ने अमेरिकी नागरिकको सुरक्षा पनि नेपाल सरकारले नै गर्छ ।’एमसीसीअन्तर्गत नुवाकोटको रातमाटेमा निर्माण गर्न लागिएको विद्युत सबस्टेशनबारे स्थानीयले विरोध गरेको र दाङमा बन्न लागको सडकका लागि स्थानीय प्रशासनको जानकारी बिना नै सयौं रुख काटिएको भन्ने खबरका बारेमा सोधिएका प्रश्नको जवाफमा उहाँले एमसिए नेपालका अधिकारीहरूले सम्बन्धित ठाउँमा गएर ती घटनाहरूबारे सत्यतथ्य बुझिरहेको बताउनुभयो । नेपाल समाचारपत्र दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *