नेपालगन्ज, २८ भाद्र – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका १ महिलासहित १२ जना निको भएर घर फर्किने भएका छन् ।
भाद्र १४ गते कोरोना संक्रमित देखिएका उनीहरु आज आईतबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।
हालसम्म बाँके जिल्लामा १ हजार ४ सय १९ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि ९ सय ९६ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ४ सय २० जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।
उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ७०.१९ रहेको छ भने बिरामी मृत्यु दर ०.५६ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.२४ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ४ महिलासहित ८ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।