
डुडुवा, १२ कार्त्तिक – बाँके डुडुवा गाउँपालिकाका कार्यपालिका सदस्य शिवकुमार जायसवाललाई मातृशोक परेको छ ।
डुडुवा गाउँपालिका वडा नं. ३ निवासी सदस्य जायसवालकी ममतामयी आमा ७० वर्षिय जगरानी जायसवालको विगत चार वर्षदेखि नशासम्वन्धी रोगले ग्रसित भई हिडडुल गर्न समेत नसक्ने अवस्थामा उपचारकै क्रममा मिति २०७९ कात्तिक १२ गते (शुक्रबार) विहान ८ बजेर १५ मिनेटमा निधन भएको हो ।
कार्यपालिका सदस्य जायसवालको आमाको निधनको घटनाप्रति डुडुवा गाउपालिका स्तब्ध भएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आज शोक बक्तव्य जारी गर्दै शोकको यस घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति धेर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
