Friday, April 24सत्यम खबर
Shadow

बाँकेका १०८ मतदान स्थल अतिसंवेदनशील, ३० संवेदनशील

नेपालगन्ज, १२ कार्तिक – मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बाँकेमा तय भएका मतदानस्थलको सुरक्षा संवेदनशीलता दृष्टिगत गर्दै वर्गीकरण गरिएको छ ।

बाँकेका १३८ वटा मतदानस्थललाई दुई भागमा वर्गीकरण गरिएको निर्वाचन कार्यालयका प्रमुख रमा पन्तले जानकारी दिए ।

उनका अनुसार निर्वाचनमा सुरक्षा दृष्टिकोणले मतदानस्थलहरूलाई अति संवेदनशील र संवेदनशील गरेर दुई भागमा विभाजन गरिएका छन् ।

जसमा १०८ वटा मतदानस्थल अति संवेदनशील र ३० वटा संवेदनशील छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा १३६ मतदान केन्द्र रहेकामा यसपटक कोहलपुर नगरपालिकामा एक र डुडुवा गाउँपालिकामा एक थप गरी जम्मा १३८ मतदानस्थल बनाइएको प्रमख पन्तले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *