Monday, April 20सत्यम खबर
Shadow

पश्चिम सेती र सेती नदी–६ परियोजनाको सर्वेक्षण अनुमति भारतीय कम्पनी एनएचपीसीलाई

काठमाण्डौ, ४ भाद्र – भारतीय कम्पनी एनएचपीसी लिमिटेड इन्डियाले ७ सय ५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४ सय ५० मेगावाटको सेती नदी (एसआर)-६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र पाएको छ ।

हिजो काठमाण्डौमा भएको कार्यक्रममा पश्चिम सेती परियोजना भारतीय कम्पनीलाई दिने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । लगानी बोर्ड नेपालले साउन २३ गते समझदारीपत्रको मस्यौदा स्वीकृत गरेको थियो ।

sf7df8f}F, @ ebf} . klZrd ;]tL hnljB’t\ cfof]hgfsf] ;dembf/L kqdf laxLaf/ g]kfnsftkm{af6 nufgL af]8{sf ;LO{cf] ;’zLn e§ / ef/tsftkm{af6 PgPrkL;Lsf cWoIf tyf sfo{sf/L lgb]{zs ceos’df/ l;+xn] Ps ;df/f]xsfaLr x:tfIf/kl5 ;Demf}tfkq cfbfgk|bfg ug'{x’Fb} . ;f] ;df/f]xdf k|wfgdGqL z]/axfb’/ b]pjf, cy{dGqL hgfb{g zdf{, pBf]u, jfl0fHo tyf cfk”lt{dGqL lbn]Gb|k|;fb a8″, pmhf{, hn;|f]t tyf l;FrfOdGqL kDkmf e’;fn, jg tyf jftfj/0fdGqL k|bLk ofbjnufotsf] pkl:yltdf . t:jL/ M /f]zg ;fksf]6f, /f;;

समझदारीपत्रमा नेपालका तर्फबाट लगानी बोर्डका सीईओ सुशील भट्ट र भारतका तर्फबाट एनएचपीसीका अध्यक्ष तथा कार्यकारी निर्देशक अभयकुमार सिंहले हस्ताक्षर गर्नुभएको छ । समझदारी अनुसार एनएचपीसीले पश्चिम सेती जलविद्युत् परियोजनाको सर्वेक्षण अनुमतिपत्रका लागि समझदारीपत्रमा हस्ताक्षर भएको मितिले ४५ दिनभित्र र सेती नदी–६ जलविद्युत् परियोजनाको लागि ६ महिनाभित्र आवेदन गर्नुपर्नेछ ।

सर्वेक्षण अनुमति पाएको दुई वर्षभित्र तोकिएका विषयहरू समेत समेट्ने गरी विस्तृत परियोजना अध्ययन गरी अध्ययन प्रतिवेदन लगानी बोर्डको कार्यालयमा पेस गर्नुपर्ने उल्लेख छ । कार्यक्रममा प्रधानमन्त्री देउवाले पश्चिम सेती र सेती नदी–६ ले सुदूरपश्चिमको आर्थिक र सामाजिक विकासमा महत्त्वपूर्ण योगदान गर्ने बताउनुभएको छ । उहाँले ४० वर्षदेखि चर्चामा रहेको आयोजना समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिनुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा परियोजना विकासका सम्बन्धमा महत्त्वपूर्ण छलफल भएको र यो त्यसैको निरन्तरताको रूपमा रहेको पनि प्रधानमन्त्री देउवाको भनाइ छ । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडु, वन तथा वातावरणमन्त्री प्रदीप यादव, सुदूरपश्चिम प्रदशेका मुख्यमन्त्री त्रिलोचन भट्टलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *