Tuesday, April 21सत्यम खबर
Shadow

मन्त्री अथकद्धारा “सम्झनामा राजबहादुर सिंह” कृति लोकार्पण

काठमाण्डौ, २२ साउन – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव तथा राष्ट्रिय खेलाडी राजबहादुर सिंहको स्मृतीमा प्रकाशित “सम्झनामा राजबहादुर सिंह” कृती लोकार्षण गर्नुभएको छ । शनिबार काठमाण्डौंमा आयोजित विशेष कार्यक्रममा मन्त्री अथकले उक्त कृती बिमोचन गर्नुभएको हो ।


कृती बिमोचन गर्दै मन्त्री अथकले सिंहले नेपाली खेल क्षेत्रको विकासमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो । नेपाली खेलकुद क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएका सिंहको ब्यक्तित्वबाट नयाँ पुस्ताका खेलाडीहरुलाई प्रेरणा मिल्ने उल्लेख गर्दै मन्त्री अथकले अग्रजलाई सम्मान र नयाँ खेलाडीहरुलाई प्रोत्साहन गर्ने संस्कारको विकास गर्नुपर्ने बताउनुभयो ।


खेल क्षेत्रमा आफ्नो मुल्यवान जिवन बिताएका अग्रज खेलाडीहरुलाई राज्यले उचित सम्मान दिनुपर्ने उल्लेख गर्दै मन्त्री अथकले सिंहको सम्मानकालागि छुट्टै कोष स्थापना गर्न पहल गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ ।
सिंहकी श्रीमती पद्मावती सिंहले उक्त कृती प्रकाशन गर्नुभएको हो । कृती बिमोचन कार्यक्रममा सिंहका समकालीन खेलाडी, साहित्यकार तथा सुभचिन्तकहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *