Saturday, April 11सत्यम खबर
Shadow

नेपालगन्जमा प्रेम प्रकाश मल्लको ८७ औं जन्मजयन्ति मनाइयो

नेपालगन्ज, १४ साउन – सुप्रसिद्ध गायक, संगीतकार तथा साहित्यकार प्रेमप्रकाश मल्ल “महेन्द्र मधुकर” को ८७ औं जन्मजयन्ति यहाँ एक साहित्यिक कार्यक्रमका वीच मनाइएको छ ।
भेरी साहित्य समाज केन्द्रीय समितिद्वारा स्व.मल्लको ८७ औं जन्मजयन्ति शनिवार “प्रेम प्रकाश मल्ल “महेन्द्र मधुकर” पुरस्कार अर्पण तथा स्रष्टा सम्मान” कार्यक्रमको आयोजना गरी मनाइएको हो ।
रुकुम जिल्लाको मुसीकोट, सेरिगाउँमा जन्मनु भएका मल्लको वि.सं. २०७२ साल वैशाख ११ गते विनासकारी महाभूकम्पको अघिल्लो दिन निधन भएको थियो ।
जेष्ठ छोरी/जुवाई वाणीश्री मल्ल, बखतबहादुर मल्ल र भेरी साहित्य समाजद्वारा स्थापित प्रेम प्रकाश मल्ल स्मृति कोषबाट हरेक वर्ष सम्मान सहित नगद पुरस्कार वितरण गर्ने क्रममा बाँके निवासी वरिष्ठ कथाकार तथा नेपाल प्रज्ञा प्रष्ठिानका पूर्व सदस्य सचिव सनत रेग्मीलाई नगद रकम ५० हजार १ सय ११ रुपैयाँ सहितको पुरस्कार र सम्मानपत्र प्रदान गरिएको छ ।
प्रमुखअतिथि नेपालगन्ज उप–महानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले पानसमा दीप प्रज्वलन गरी उद्घाटन तथा पुरस्कार प्रदान गर्दै नेपालगन्ज उपहमनगरपालिकाले कला साहित्य र संस्कृतिको विकासको लागि भेरी साहित्य समाजलाई सहयोग र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । उहाँले सनतकुमार रेग्मीलाई दोसल्ला ओढाएर, सम्मान-पत्र र पुरस्कार रकम हस्तान्तरण गर्नु भयो ।
उक्त पुरस्कारकाका लागि भेरी साहित्य समाज केन्द्रीय समितिका सल्लाहकार पूर्णलाल चुकेको संयोजकत्वमा महासचिव लेकप्रसाद प्याकुरेल र मीना बराल सदस्य रहेको ‘प्रतिभा छनौट समिति’ गठन गरिएको थियो ।
वि.सं. २०७३ सालदेखि भेरी साहित्य समाज केन्द्रिय समितिले हरेक वर्ष उक्त पुरस्कार वितरण गर्दै आएको छ । यसअघि उक्त पुरस्कार डा. गोपाल प्रसाद अधिकारी, पूर्णलाल चुके, अब्दुल लतीफ शौक, डा. जीवेन्द्र देव गिरि, महेश विक्रम शाह र श्यामानन्द सिंह, कमल बि.क. निर्मोहीलाई प्रदान गरिएको थियो ।
प्रेमप्रकाश मधुकर छोटो जीवनी लामो कहानी (लघुकाव्य), एउटा त्यो अजेय शिखर (लघुकाव्य), अनुभूतिका स्वरहरु (गीत-गजल (लघु कविता सङ्ग्रह), सजल (गजल सङग्रह), गाउँदागाउँदै (कविता सङ्ग्रह), “उनी” रोदन गीति गाथा लगायत दर्जन बढी कृतिहरु प्रकाशित छन् भने रेडियो नेपालमा थुप्रै गीतहरु रेकर्ड र प्रसारण हुने गरेका छन् ।
समाजका केन्द्रिय अध्यक्ष हरिप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न स्व. प्रेमप्रकाश मल्लका बारेमा भेरी साहित्य समाज केन्द्रीय समितिका सल्लाहकार पूर्णलाल चुके, प्रभात सुवेदी, सर्वदा साहित्य संगमका अध्यक्ष खगेन्द्र गिरि कोपिला, विशिष्ट अतिथि वरिष्ठ लेखक नरेन्द्र जंग पिटर, समाजका सल्लाहकार तथा कोषका संस्थापक वाणीश्री मल्लले बोल्नु भएको थियो ।
भेरी साहित्य समाज केन्द्रिय समितिका महासचिव लेकप्रसाद प्याकुरेलद्वारा सञ्चालित कार्यक्रममा भेरी साहित्य समाज बाँकेका अध्यक्ष बेदराज प्याकुरेल स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सम्मानित व्यक्तित्व सनतकुमार रेग्मीले प्रेम प्रकाश मल्लको बारेमा चर्चा गर्नु भएको थियो । साथै नेपालगन्जका साहित्यिक क्षेत्रमा योगदान पुर्याए वापत उर्दू साहित्यकार सैययद असफाक रसूल हाशमी, कलाकारिता क्षेत्रमा योगदान पुर्याए बापत राज बिक्रमचन्द बिक्रमशिशिरलाई दोसल्ला ओढाई सम्मान-पत्र प्रदान गरी सम्मानित गरिएको थियो ।
सम्मानित व्यक्तित्व सनतकमार रेग्मी, सैयद असफाक रसूल हाशमी र बिक्रम शिशिरको सम्मान-पत्र बालकृष्ण शर्मा, फडिन्द्र आचार्य, लेकप्रसाद प्याकुरेलले सम्मान पत्रमा लेखेको पढेर सुनाउनु भएको थियो ।
यसरी उक्त कार्यक्रममा प्रभात सुवेदी, महेन्द्र सेडाई, स्वर्णिम जीवराज बम, आदिल सर्वर नेपाली, चरित्रा शाह,चन्द्रावति अधिकारी, भिम प्रज्वल, हिरालाल शर्मा, बिक्रम शिशिर, भारत लखनऊका रुबरु फाउण्डेशन इन्डियाका अध्यक्ष इरसाद राही र वर्षा दिक्षित लगायतले आ–आफ्ना रचना वाचन गरेका थिए ।
सो कार्यक्रममा उर्दू साहित्यकार जमील हाशमी, प्रियँका वैश्य, रामचन्द्र आचार्य, रिचा लुईटेल, पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका निवर्तमान अध्यक्ष महानन्द ढकाल, अध्यक्ष कपिल अञ्जान, कोषका संस्थापकद्वय बखतबहादुर मल्ल, समाजका सल्लाहकार तथा अवधी साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष विष्णुलाल कुम्हार, सुन्दर गुरुङ्ग, महेन्द्र बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. इन्द्रबहादुर भण्डारी इन्द्रेणी, जगदीश ढकाल, शिक्षाविद् किरण आचार्य, शायर मोहम्मद मुस्तफा अहशन कुरैशी, पंकजकुमार श्रेष्ठ, बि.पी अस्तु, भेरी साहित्य समाज केन्द्रीय समितिका सदस्यहरु ल्ता शर्मा, खडङ्गबहादुर बोहरा, पुष्पमणि प्रधानको सहभागिता थियो भने आर के. देवकोटा, हिमाल पौडेल, सुवोध वर्मा, सुमित्रा न्यौपाने, जितबहादुर शाह, शिवशंकर रोका क्षेत्री, नारायण ज्ञवाली, तिला पाण्डे, नवराज भट्ट लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *