Sunday, April 12सत्यम खबर
Shadow

पूर्वराजदूत प्याकुर्‍याल भन्छन्ः ‘बीआरआईबाट पीडित हुने देशको सूचि मसँग छ’

नेपालले श्रीलंका संकटबाट पाठ सिक्न जरुरी
काठमाण्डौं, १४ साउन – श्रीलंकाका लागि पूर्व नेपाली राजदूत प्राध्यापक डाक्टर विश्वम्भर प्याकुर्‍यालले चीनको बीआरआई परियोजनाबाट पीडित हुने देशको संख्या बढ्दै गएको बताएका छन् ।

खबरहबले आयोजना गरेको ‘नेपालमा विदेशी ऋण, अवसर र चुनौती तथा श्रीलंका संकट दोहोरिन नदिन के गर्ने ?’ विषयक कार्यक्रममा बोल्दै पूर्वराजदूत प्याकुर्‍यालले बीआरआई परियोजनाबाट पीडित हुने देशको संख्या बढ्दै गएको बताएका हुन् ।

उनले श्रीलंकामा अहिले आइपरेको संकटका पछाडि चिनियाँ ऋण पनि एउटा कारण रहेको बताए । चीनबाट महंगो ब्याजदरमा ऋण लिने देशमा आर्थिक संकट चुलिदै गएको भन्दै उनले यो समस्या धेरै देशमा देखिएको पनि बताए ।

चिनियाँ ऋणबाट आंशिक फाइदा भएका देश र आर्थिक संकटमा परेका देशको सूचि आफूसँग रहेको पनि उनले बताए । आवश्यकताका आधारमा आफूले त्यसलाई सार्वजनिक गर्ने पनि उनले बताए । पछिल्लो समय यसबारे विस्तृत अध्ययन भइहरेको भन्दै उनले आफूसँग चिनियाँ ऋणबाट हुने फाइदा र बेफाइदाका विषयमा केही जानकारी रहेको पनि उल्लेख गरे ।

‘चिनियाँ ऋण लिएर फाइदा हुने देश र बेफाइदा भएका देशको सूचि मसँग छ,’ उनले कार्यक्रममा भने, ‘चीनले ऋण दिने कुरा र त्यसबाट हुने फाइदाका विषयमा नेपालमा पनि अध्ययन भइरहेको छ । बीआरआईका विषयमा थप राम्रोसँग अध्ययन गर्नुपर्छ ।’

श्रीलंकामा राजदूत भएर काम गरिसकेका प्रा.डा.प्याकुर्‍यालले श्रीलंका संकटको विषयले विश्वलाई ठूलो पाठ सिकाएको र नेपालले पनि त्यसबाट पाठ सिक्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *