Monday, April 20सत्यम खबर
Shadow

बालश्रम मुक्त उपमहानगर बनाइने

नेपालगन्ज, २९ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिकालाई बालश्रम मुक्त बनाइने भएको छ । बिश्व बालश्रम बिरुद्ध दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिकाले आईतबार आयोजना गरेको बालश्रम सम्बन्धि सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्टले बालश्रम ठुलो समस्याको रुपमा रहेको भन्दै यसको नियन्त्रण र रोकथाम अति आवश्यक भएको बताउनुभयो ।


उहाँले यसका लागि उपयुक्त कार्ययोजना बनाउन आग्रह गर्दै आगामी बजेटमा प्रर्याप्त बजेट विनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । नेपालगन्जलाई बालमैत्री नगरको रुपमा विकास गर्दै अघि बढ्ने उहाँको भनाई छ ।
कार्यक्रममा उपप्रमुख कमरुद्धिन राईले बालश्रममा रहेकालाई एक्कासी घर फिर्ता गराउनु भन्दा यसको जडको खोजी गर्नुपर्नेमा जोड दिनुभयो । अधिकाँश विपन्न समुदायका बालबालिका नै बालश्रममा रहेको भन्दै उहाँले बालबालिकाले काम नगरे साँझ विहानको चुल्हो नजल्ने घरपरिवारलाई लक्षित गरेर कार्यक्रम प्रस्ताव गर्न आग्रह गर्नुभयो । विपन्न परिवारलाई आय आर्जनका लागि सहयोग गर्ने र शिक्षा, स्वास्थ्यमा सहयोग गर्ने हो भने बालश्रम न्यूनीकरणमा सहयोग पुग्ने उहाँको भनाई छ ।


कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका महिला विकास अधिकृत पवित्रा पुरी, बाल अधिकारकर्मी महेश नेपाली लगायतले सहजीकरण गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *