नेपालगन्ज, ११ भाद्र – बाँकेमा बिहिबार ३३ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जका अनुसार बाँकेका विभिन्न पालिका र अन्य जिल्लाबाट संकलन गरिएको स्वाव परिक्षणका क्रममा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नयाँ संक्रमित मध्ये नेपालगन्जका १२, कोहलपुरका ७, जानकीका ६ तथा राप्तीसोनारी र खजुराका १÷१ जना रहेका छन् । संक्रमितहरु ६ वार्षिय बालिकादेखी ५८ वर्षिय पुरुषसम्म रहेको भेरी अस्पतालले जनाएको छ ।
त्यसैगरी भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बर्दियाका २ जना तथा गोर्खा, नवलपरासी, कपिलवस्तु, रुकुम, मकवानपुर र तनहुँका १÷१ गरी जिल्ला बाहिरका ८ जनामा समेत संक्रमण देखिएको छ । बर्दिया बाहेक अन्य जिल्लाका ६ जना बाँके मै कार्यरत कर्मचारी भएको बताईएको छ ।
हालसम्म कोरोना संक्रमितहरुको संख्या ९ सय ५३ पुगेको छ भने ६ सय ८२ जना उपचारपछि निको भई घर फर्की सकेका छन् । योसँगै २ सय ६५ जना उपचाररत रहेका छन् भने ३ महिलासहित ६ जनाको मृत्यु भईसकेको स्वास्थ्य कार्यालय बाँकेका फोकल फर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।