नेपालगन्ज, १२ बैशाख – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ काे समाजसेवी कर्मठ लाेकप्रिय वडाअध्यक्ष समिरप्रताप सिंहकाे पुनः वडाअध्यक्ष पदमा उम्मेदवारी मनाेनयन आज दर्ता गरेका छन् ।
मनाेनयन दर्ता पछि संक्षिप्त भनाई राख्दै वडावासीहरूकाे विश्वासले गर्दा पुनः छुटेका कार्य सम्पन्न गर्न पार्टीले चुनेकाे बताउँदै अवसर दिएकाेमा सम्पुर्ण पार्टी पंक्तिलाई धन्यबाद दिए ।
म कुनै राजनीतिक पृष्टभूमिबाट नआएकाे हुँदा विगतमा सिख्ने क्रम भएकाे तथा केही कमिकमजाेरी हुन गएकाे हुन सक्ने, उक्त कमिकमजाेरीलाई सुधार गर्ने अवसर वडावासीहरूले दिने विश्वासका साथ पार्टीले दिएकाे जिम्मेवारी पूरा गर्ने बताउनु भयाे ।
