
नेपालगन्ज, १० भाद्र – कोरोना संक्रमण पुष्टि भएका बाँकेका थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भइ अस्पतालमा उपचार गराईरहेका नेपालगन्जका वडा नं. १ का ३७ वर्षीय पुरुषको मंगलबार मध्यराती १ः३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।


स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार मृतकको दुबै फोक्सोमा निमोनिया भएको तथा ८ गते बिहान १० बजे छातीको समस्याबाट भर्ना भएका र निजको कोभिड–१९ परिक्षणको क्रममा कोरोना पोजेटिभ देखिएको थियो तथा उनको उपचार कोहलपुर मेडिकल कलेजमा भेन्टिलेरसहित गरिएको तर बिरामीको अवस्थामा सुधार नआए पश्चात राती १ः३० बजे मृत्यु भउको अस्पताल स्रोतले पुष्टि गरेको बताइएको छ ।
यो संगै बाँकेमा मृत्यु हुनेको संख्या २ महिला सहित ५ पुगेको छ । यसअघि जिल्लाको नरैनापुर गाउँपालिकाका १ युवा, बैजनाथ गाउँपालिकाका १ युवती र १ बृद्ध महिला र नेपालगन्जका १ पुरुषको मृत्यु भएको छ ।

यसैगरी, आज बुधबार बाँकेमा ६ जना कोरोना संक्रमण मुक्त भएर घर फर्कने भएका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार आज बुधबार २ महिला, ४ पुरुष गरी जम्मा ६ जना कोरोना संक्रमण मुक्त भएर घर फर्कदैं छन् ।
बुधबारसम्म बाहिरी जिल्लाका समेत ८ सय ४४ जनालाई कोरोना संक्रमण देखिएकोमा ६ सय ६० जना संक्रमण मुक्त भई डिस्चार्ज भईसकेका छन् ।
कोरोना फोकल पर्सन श्रेष्ठले बाँकेका बिभिन्न आईसोलेशन सेन्टरमा अझैं पनि १ सय ८० जनाको उपचार भईरहेको जानकारी दिएका छन् ।
