Monday, April 20सत्यम खबर
Shadow

पर्वतको विहादी गाउँपालिकामा हात्ती पाइले रोग विरुद्धको औषधी खुवाइँदै

सरु भुसाल
विहादी, पर्वत, २८ फागुन – पर्वतको विहादी गाउँपालिकामा आजबाट हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान सुरु भएको छ |

विहादी गाउँपालिका स्वस्थ शाखा प्रमुख हरि भुसाले दिएको जानकारी अनुसार गाउँपालिकाले ६ वटा वडा भित्रका विभिन्न स्वस्थ चौकी, विद्यालयलगायत धेरै मानिसहरूकाे जमघट हुने स्थान तथा चोकलाई सेन्टर बनाएर ओषधी खुवाइने विहादी गाउँपालिका स्वस्थ शाखाले जनाएको छ |

विहादी गाउँपालिकामा आजबाट सुरु हुने अभियानमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेर आफू र आफ्नो परिवारलाई हात्तीपाइले रोक कै कारणले हुन्न सक्ने अपाङ्गताबाट बाच्न र बनाउन समेत गाऊँपालिकाले अनुरोध गरेको छ |

तर यो औषधी दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र ७ दिनसम्मका सुत्केरी, छारे रोगी तथा सिकिस्त बिरामीहरूले भने खान नहुने कार्यक्रममा भुसाले जानकारी गराउनु भएको छ | अरु व्यक्तिले खानासँगै वा खानापछि यो औषधी खान मिल्ने जनाइएको छ । औषधि चैत ३ गतेसम्म खुवाइने जनाईएकाे छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *