
आकाश कसाैंधन, नेपालगन्ज, २८ फागुन – नेकपा माओवादी केन्द्र भातृ संगठन अखिल नेपाल महिला संघ (क्रांतिकारी) नेपालगन्ज उपमहानगरपालिकाको दोस्रो सम्मेलनबाट मिना डाँगीको नेतृत्वमा उपाध्यक्ष मञ्जु ज्ञवाली, सीमा कसौधन वैश्य सचिव, ईश्वरी रावत शाह सचिव, गुन्जु राणा कोषाध्यक्ष, उमा पौडेल सहित ५१ सदस्य कमिटी गठन गरिएको छ ।
माओवादी केन्द्र नेपालगन्ज नगर कमिटीद्वारा नगर वडा टोल टोलमा पार्टी शुद्धिकरण तथा संगठन विस्तार एवम् चुनावी अभियान अन्तर्गत आज अखिल नेपाल महिला संघ क्रान्तिकारीको सम्मेलन पनि राखिएको जानकारी नगर अध्यक्ष शाही दिनु भएको छ ।
मन्दिरा पाण्डेको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि संविधान सभा सदस्य तथा पार्टी केन्द्रीय सदस्य अञ्जना चौधरी, अतिथि लुबिनी प्रदेश सदस्य नवीन शर्मा, जिल्ला सदस्य उषा बिक, नगर अध्यक्ष रतन शाही, सचिव प्रेम शाह, नगर उपाध्यक्ष वसन्त मल्ल शाह, सचिव तथा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल वैश्य लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
