Wednesday, April 22सत्यम खबर
Shadow

युनियन इन्स्योरेन्सद्वारा न्यानो कपडा वितरण

नेपालगन्ज, ७ माघ – पछिल्लो समय युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सामाजिक सेवामा समेत अग्रसर हुँदै आएको पाइएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं.१२ का अतिविपन्न तथा प्राकृतिक प्रकोपबाट पिडितलाई न्यानो कपडा वितरण कार्यक्रम गरी इन्स्योरेन्स कम्पनीले सामाजिक सेवामा अग्रसर भएको देखिन्छ ।

बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका वडा नं.१२ मा रहेका अति विपन्न तथा प्राकृतिक प्रकोपबाट पिडितलाई जाडोमा न्यानो कपडा वितरण गरीएको युनियन लाइफ इन्स्योरेन्स कम्पनीका बरिष्ठ गोल्ड स्टार एजेन्सि म्यानेजर एवं कार्यक्रम संयोजक विमल ढकालले जानकारी गराए ।

इन्स्योरेन्स कम्पनीका बरिष्ठ गोल्ड स्टार एजेन्सि म्यानेजर एवं कार्यक्रम संयोजक ढकालका अनुसार नेपालगन्जमा न्यानो कपडा स्वरुप करिव ४७ जनालाई कम्बल वितरण गरीएको जनाकारी गराउँदै खजुरा तथा बर्दियामा समेत राहत वितरणको कार्यक्रम रहेको जानकारी दिए । २०७८ सालको दिपावलीमा युनियन देउसी भैलो कार्यक्रमबाट उठेको रकमले अति विपन्न तथा प्राकृतिक प्रकोपबाट पिडितका लागि सहयोग संकलन गर्ने उदेश्य राख्दै खेलिएको भैलीको उदेश्य पुरा गर्न पाउँदा निकै खुसी लागेको युनियन लाईफ इन्स्योरेन्स का सदस्य तथा पदाधिकारीहरुको प्रतिक्रिया रहेको छ ।

विहिबार नेपालगन्जमा आयोजना गरिएको न्यानो कपडा वितरण कार्यक्रममा विशेष गरी नेपालगन्ज–१२ का वडा अध्यक्ष बुद्धि सागर सुवेदीको पहलमा भएको थियो । कार्यक्रमका बारेमा प्रतिक्रिया दिँदै अध्यक्ष सुवेदीले युनियन लाइफ इन्स्योरेन्स परिवारले नेपालगन्ज उपमहानगरपालिका वडा नं.१२ का अति विपन्न परिवारलाई छनोट गरेकोमा धन्यवाद समेत व्यक्त गरे ।

अध्यक्ष सुवेदीले भने,“सामाजिक सेवामा लागेको युनियन लाइफ इन्स्योरेन्सलाई बधाई पनि दिन चाहान्छु साथै नेपालगन्ज उपमहानगरपालिका–१२ लाई छनोट गरी यहाँका जनतालाई जाडोमा न्यानो कपडा दिएकोमा खुशी छु” । राहत वितरण कार्यक्रममा विगत लामो समयदेखि व्लड क्यान्सरबाट पिडित नेपालगन्ज उपमहानगरपालिका–१२ का ४ वर्षिय बालिका सम्भता नगरकोटीलाई उपचार खर्च स्वरुप नगद रु २५ हजार प्रदान गरिएको थियो ।

राहत वितरण कार्यक्रममा युनियन लाईफ इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख भोजकुमार कुवंर, प्रदेश उपप्रमुख उमेश ठाकुर, नेपालगन्ज शाखा प्रमुख उत्तम ढकाल,पुर्व विमारत्न निरजकुमार भट्ट र सिओटि झविन्द्र मरासिनी, बरिष्ठ एजेन्सि म्यानेजर TOT टिकामणि उपाध्याय, बरिष्ठ एजेन्सि म्यानेजरहरु अर्जुन शाही, शारदा सुवेदी, कृष्णप्रसाद सुवेदी, यज्ञराज जोशी, टिना केसी, रमेश बिसि, जीव नारायाण बेलबासे, सुर्य केसीलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *