Sunday, April 12सत्यम खबर
Shadow

कमला नदीमा चीनको आँखा, भारतविरुद्ध प्रयोग हुँदैछ उपेन्द्र यादवको प्रदेश २ सरकार

काठमाण्डौ, २५ पौष –तराईको कमला नदीमा उत्तरी छिमेकी चीनले आँखा लगाएको छ । सिन्धुली हुँदै उदयपुर, सिरहा र धनुषाको सिमाना भएर बग्ने नेपालको महत्वपूर्ण नदी कमलामा चीनले रणनीतिक स्वार्थका साथ आँखा लगाएको हो ।

यसमा उपेन्द्र यादवको पार्टी जसपाले नेतृत्व गरिरहेको प्रदेश २ सरकारले चिनियाँ स्वार्थलाई सहयोग गरेको छ । प्रदेश २ सरकारको उद्योग पर्यटन तथा वन मन्त्रालयले भण्डारण तथा अन्य प्रयोजनका लागि चिनियाँ कम्पनीलाई अनुमति दिएको छ ।

चीननिकट उपेन्द्र यादवको पार्टीका नेता रामनरेश यादव मन्त्री प्रदेश उद्योगमन्त्री हुँदा बिना कुनै अध्ययन आर्थिक लेनदेनमा चिनियाँ निर्माण कम्पनी चीन रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडले कमलामा भण्डारण एवं अन्य प्रयोजनका लागि यसको लाइसेन्स लिएको थियो ।

‘यो अनुमति दिँदा रामनरेश यादव मन्त्री थिए । उहाँलाई होटलमा बोलाएर बैठक भयो । लेनदेनमा कुरा मिलेपछि मन्त्रीस्तरीय निर्णयबाट चिनियाँ कम्पनीलाई दिइयो,’ मन्त्रालयका एक उच्च अधिकारीले भने ।

चीनको एलएलइयु विश्वविद्यालयबाट नदीको अध्ययन गर्ने वैज्ञानिक डा माङ र डा फिङको टिमले अघिल्लो वर्षमात्रै कमला नदी जलाधार क्षेत्रमा आएर अध्ययन र अवलोकन गरिएको थियो । लाइसेन्स दिनुभन्दा पहिला मन्त्रालय वा वातावरण विभागद्वारा वा सिँचाई विभागद्वारा टिम बनाएर अध्ययन हुनुपर्नेमा मन्त्रीसँगको लेनदेनमा हचुवाका भरमा मन्त्रीस्तरीय निर्णयबाट कमला चीनलाई सुम्पियो ।

भारतसँव सीमा जोडिएको कमलामा चीनको उपस्थिति रणनीति रुपमा महत्वपूर्ण छ । अहिले कमला बचाउ अभियानले कमलामा चीनको दृष्टि किन, भण्डारण स्थलको छनोट त्यहीँ किन भयो ? कमला र नेपाल र भारत सीमा क्षेत्रमा चीन किन जान खोजिरहेको छ भन्ने प्रश्नकझ जवाफ खोजिरहेको छ ।

कमल बचाउ अभियान चलिरहेका बेला चीनले भने विभिन्न सहयोग अनुदान दिएर आवाज उठ्न नदिने रणनीति लिएको छ । अहिले पछिल्लो समय फेरि चीनले कमलामा अर्को प्रोजेक्ट पनि लिने तयारी गरेको छ ।

यसका लागि उक्त चिनियाँ कम्पनीमा कार्यरत नेपाली इन्जिनियरिङको टिमले प्रदेश उद्योग मन्त्रालयका सचिव भेटेर प्रलोभन दिएर क्रसर प्लान्ट उद्योगको अनुमति मागेका छन् । चाँडै अनुमति दिने तयारी छ ।

यसको उद्देश्य कमला नदीमा चीनको उपस्थिति भारतलाई सुरक्षा चुनौती दिने रहेको सुरक्षा मामिला जानकार बताउँछन् । अचम्मको कुरो त के हो भने यसमा उपेन्द्र यादवको पार्टीले नेतृत्व गरिरहेको सरकारले मलजल गरिरहेको छ । अर्को कुरा क्रसल प्लान्टको अनुमति दिए कमला विनाश हुनेछ ।

मिथिलाञ्चलवासीले गंगाका रुपमा पूजा गर्ने कमला दोहन गर्ने रणनीति पनि देखिएको छ । त्यसमाथि भारतसँग सीमा जोडिएको ठाउँमा बग्ने नदीमा चिनियाँ उपस्थिति आफैमा अस्वभाविक हो ।

यसलाई चीनले आफ्नो स्वार्थमा नेपाली भूमिबाट भारतविरोधी गतिविधि गर्न सक्छ । अन्य ठाउँ पनि भण्डारका लागि खाली ठाउँ रहे पनि कमला नदी नै चुन्नुको पछाडि ठूलो रणनीतिक स्वार्थ लुकेको स्थानीयको आशंका छन् ।

यता कमला बचाउ अभियानले यी कार्यको विरोध गरेको छ । कमला बचाउ अभियानका संयोजक बिक्रम यादवले उच्चदेखि सर्वोच्च अदालतसम्म गएर पनि कुनै हालतमा कमला नदीबाट नदीजन्य पदार्थ उत्खनन एवं दोहन हुन नदिने बताएका छन् ।

कमला नदी मिथिलाको सांस्कृतिक, धार्मिक अस्मितासँग जोडिएको भन्दै उनले यसलाई बचाउन जुनसुकै त्याग गर्न आफू तयार रहेको बताए ।
(नेपाल पाना)

Leave a Reply

Your email address will not be published. Required fields are marked *