
दाङ, १३ पाैष – घरेलु तथा साना उद्धोग कार्यालयले गढवा बजारको अनुगमन गरेको छ । सोमबार घरेलु तथा साना उद्धोग कार्यालय घोराहिको निमित्त प्रमुख अधिकृत उमबहादुर वलिको नेतृत्वमा स्थानिय सरकार, संघ संस्था र सन्चार गृहको सहभागितामा बजार अनुगमन गरिएको हो ।
टोलिले गढवा बजारमा बाणिज्य तर्फ २० र उद्धोग तर्फ ५ वटा वटा ब्यबसायको अनुगमन गर्दा मुल्य सुचि भए नभएको, पसलको साइन बोर्ड भए न भएको, पसल दर्ताको अवस्था, नवीकरण भए नभएको, पसलको छाप र बिल को अवस्था, पान र भ्याट दर्ताको अवस्था, ग्यास सिलिन्डरको तौल, खाद्य बस्तुको म्याद गुज्रिने मिति, म्याद गुज्रिएको बस्तुको भण्डारण तरिका आदिको लगाएतको बारेमा बुझिएको घरेलु तथा साना उद्धोग कार्यालयका प्रमुख वलिले बताउनु भयो ।
वलिले प्याकिङ मिति नभएका र उपभोग गर्ने म्याद गुज्रेको खाद्य बस्तु बिक्रि बितरण नगर्ने सल्लाह दिनु भएको छ ।अनुगमनका क्रममा दर्ता र नबिकरण न भएको र मुल्य सुचि प्रस्ट नभेटिएकालाई १५ दिन भित्र प्रक्रियामा आउन आग्रह गर्दै गढवा उद्धोग बाणिज्य संघलाइ समन्वयकारि भुमिकाको लागि कदम चाल्न आग्रह गरिएको छ ।
त्यसैगरि घरेलु तथा साना उद्धोग कार्यालयका सुचना अधिकृत बिक्रम केसिले उपभोक्ता र बिक्रेता दुबैको संरक्षण र सम्बर्द्धनको लागि घरेलु कार्यलयले नियमित स्थानिय सन्चार माध्यमबाट सचेतना तथा जानकारि मुलक सुचना प्रसारण प्रकाशन गर्दै आएको बताउँदै सबै ब्यबसायिहरुले आवश्यक मापडण्द पालना गरेर ब्यबसाय सञ्चालन गर्नुपर्ने सुझाव दिनु भएको छ ।
गढवाको २५ वटा पसलहरु अनुगमन गर्दा ४ वटा पसलहरु दर्ता नभएको, २ वटा पसल दर्ता उद्देश्य र कारोबार फरक पाइएकोले यथाशिघ्र दर्तामा आउन र प्रक्रिया मिलाउने गढवा उद्धोग बाणिज्य सङ्घका अध्यक्ष खिमबहादुर बुढाले आग्रह गर्नु भएको छ ।
अनुगमनमा गढवा उद्धोग बाणिज्य संघका खिमबहादुर बुढा, गढवा गाउपालिकाका सुरेश पौडेल, उद्धोग बाणिज्य संघ सदस्य दिनमणि आचार्य, घरेलु उद्धोग कार्यालयका सुचना अधिकृत बिक्रम केसि तथा पत्रकार दुखहरण यादव लगायतको टोलिमा सहभागिता रहेको थियो ।
