Wednesday, October 8सत्यम खबर
Shadow

आज सांसद नमूनासहित २८ जना घर फिर्ता

नेपालगन्ज, ४ भाद्र – प्रदेश नं. ५ का सांसद कृष्णा केसी (नमूना) सहित २८ जनाले आज विहिबार कोरोना जितेर घर फिर्ता हुने भएका छन् । १३ जना महिलासहितका २८ जनाले कोरोनालाई जितेर घर फिर्ता जाने भएको फोकल पर्शन नरेश श्रेष्ठले जानकारी गराउनुभयो ।


२८ जना डिस्चार्ज हुनेहरुमा अधिकांश नेपालगन्ज उपमहानगरपालिका भित्रका रहेका छन् भने यसअघि जिल्लामा सबैभन्दा बढि एकै दिन ३० जना कोरोना जितेर घर फिर्ता भई सकेका छन् ।

बाँकेमा अन्य जिल्लाका समेत गरि ७ सय ६६ जना कोरोना संक्रमित हुँदा ४ सय ९६ जना कोरोना जितेर घर फिर्ता गईसकेका छन् । हाल २ सय ६६ जना कोरोना पोजेटिभ संक्रमित रहेका छन् । हालसम्म बाँकेमा कोरोना संक्रमणका कारण ४ जनाले ज्यान गुमाइ सकेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *