
दुख हरण यादव
देउखुरी, १५ मंसिर – गढवा गाउपालिका वडा नं ४ रामनगरमा माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ सेवा स्थापना गरिएको छ । माछापुच्छ्रे बैंकको १७९औ शाखा रहित सेवाका रुपमा ग्राहक सेवा केन्द्र अन्तर्गत गढवामा बुधबार एक कार्यक्रमका बिच शाखा रहित बैंकिङ सेवा स्थापना गरिएको हो ।
कृषि बिकाश बैंकका रिटायर्ड प्रबन्धक तथा स्थानिय समाजसेवि दयाराम यादवको अध्यक्षता तथा गढवा उद्धोग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढामगरको प्रमुख आथित्य र माछापुच्छ्रे बैंक लुम्बिनी प्रदेशका प्रमुख हरिलाल ऐरको बिशिस्ट आथित्यमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले गढवा बजारभन्दा टाढा ग्रामिण क्षेत्रमा शाखा रहित सेवा स्थापना गरेकोमा खुसी ब्यक्त गर्दै छिटो सेवा बिस्तार गर्ने अनुरोध पनि गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अथिती खिम बुढामगरले यस क्षेत्रमा माछापुछ्रे जस्तो क बर्गको बैंकको शाखा रहित सेवा केन्द्र सञ्चालनमा ल्याइनु यस क्षेत्रको बिकाश तथा समृद्धिमा एक कदम फड्को मारेको बताउनु भयो ।
त्यसैगरी आफ्नो मन्तव्य राख्दै बिशिस्ट अथिती यश सेवा केन्द्र बाट निक्षेप लिने, रेमिट्यान्सको कार्य गर्ने तथा सस्तो तथा सुलभ दरमा ग्रामिण भेगका किसानलाई कर्जा प्रबाहमा सहजीकरण गर्ने कार्य गर्ने बताउँदै सेवा केन्द्र शाखा रहित बैंकिङ सेवाका सञ्चालक सन्जय आलेलाई डिभाइस हस्तान्तरण गर्नु भएको थियो ।
यसैगरी मन्त्व्य राख्दै स्थानिय तथा कृषि बिकास बैंकका रिटायर्ड प्रबन्धक दयाराम यादवले यस ब्रान्च लेस बैन्किङ सेवाबाट सजिलै रेमिटेन्सको कार्य गर्न सकिने, घरमा राखिएको पैसा बैकमा जम्मा गरेर ब्याज लिन सकिने, पैसा नसिने, चोरिने, हराउनबाट जोगिन बैकमा पैसा खाता खोलेर डिपोजिट गर्नु पर्ने र हाम्रा छोरा भाइले बिदेशबाट पठाएको पैसा निकाल्न अब लमही गढवा बजार जानू नपर्ने बताउँदै यस शाखा रहित बैकिङ सेवालाई आफुले सदैब सहयोग गर्ने बताउनु भयो ।
त्यसैगरी लमही माछापुछ्रे बैंकका प्रबन्धक मधुसुदन श्रेष्ठले यस कार्यालयबाट अहिले निशुल्क खाता खोल्ने, आकर्षक ब्याजदरमा दैनिकी बचत, मुद्दति खातामा डिपोजिट लगायत कार्य गर्ने बताउनु भयो ।
अधिराज्य भरी १८२ वटा शाखाद्वारा आर्थिक कारोबार गरिरएको माछापुछ्रे बैंकको रामनगरमा १७९ औं सेवारहित बैंकिङ सेवाको उद्घाटन प्रमुख अथिती खिम बहादुर बुढामगरले रिबन काटेर गर्नु भएको थियो ।
कार्यक्रममा स्थानिय शिक्षक,अनिल कुमार यादव,जन प्रतिनिधि धनिराम यादव, समाज सेवि आर डि यादव, वीर बहादुर यादव, मन्जु यादव, सीता थापा, मन्साराम चौधरी, पत्रकार दुख हरण यादव लगायतको सहभागिता रहेको थियो ।
शाखा रहित बैंकिङ सेवाका प्रतिनिधि सन्जय आलेको स्वागत मनतव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन चेतनशिल महिला ऋण तथा बचत सहकारीकि ओभा पाठकले गर्नु भएको थियो ।
