Friday, April 24सत्यम खबर
Shadow

एमसिसि संसदबाट पास गराउन षडयन्त्र गरिरहेकाे आराेप

नेपालगन्ज, १४ मंसिर – नेपालमा अमेरिकी सरकारकाे परियाेजना मिलेनेयम च्यालेज कर्पाेरेशन (एमसिसि) संसदबाट पास गराउन केही दलाल नाेकर शाही साम्राज्यवादीहरूका नेपाली एजेन्टहरूले गम्भीर चलखेल र षडयन्त्र गरिरहेकाे आराेप लगाईएकाे छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटिद्वारा आयाेजित पत्रकार भेटघाट कार्यक्रममा यस्ताे आराेप लगाईएकाे छ । उपमहानगर कमिटि अध्यक्ष रतन शाहीले पत्रकारहरूलाई सम्बाेधन गर्दै विकसित राष्ट्रिय राजनीति भित्र भएका षडयन्त्रहरूलाई पर्दाफास गर्दै हाम्राे पार्टी अध्यक्ष प्रचण्डकाे कुशल नेतृत्व र पहलकदमीका कारण एमसिसि परियाेजना सार्वभाैम संसदमा प्रवेश पाउन नसकेकाे बताउनुभयाे ।

नगर कमिटिद्वारा अगामी कार्ययाेजना तथा कार्यक्रमहरूमा नेकपा माओवादी केन्द्रले नपालगन्जकाे समग्र विकास र जनताका जनजिविकाे साँझा सवालमा सब अन्य राजनैतिक पार्टीहरूसँग सामुहिक सहकार्य गर्दै अगामी दिनमा अगाडि बढ्ने संकल्प गरेकाे, दाेस्राे नगर सम्मेलन नेपालकाे सार्वभाैमसत्ता भाैगाेलिक अखण्डता राष्ट्रिय स्वाभिमानका पक्षमा सधैं संघर्षरत रहने प्रण, महान जनयुद्ध, एेतिहासिक १९ दिने जनआन्दाेलन मधेश आन्दाेलन जनजाति तथा महिला आन्दाेलनकाे जगमा स्थापित गणतन्त्र संघीयता, धर्मनिरपेक्षता समानुपातिक एवम् सहभागितामुलक लाेकतन्त्र रक्षाका निम्ति सधैं संघर्षरत रहनेमा पार्टीकाे दृढ संकल्प, उपमहानगरमा बहुधार्मिक, बहुसाँस्कृतिक, एवम् बहुजाति समुदायकाे बसाेबास भएकाेले सामाजिक सद्भाव तथा सहिषुणता कायम गर्न पार्टी सधैं भरी सम्वेदनसिल एवम गम्भीर रहने, अगामी स्थानिय निर्वाचन केन्द्रित कार्यक्रमकाे क्यालेन्डर बनाएर व्यापक प्रभावकारी बनाईने तथा जनआन्दाेलनमा घाईते, अपाङ्गलतथा सहिद परिवार, वेपत्ता परिवारलाई भेटघाट एवम् उच्च सम्मान गरिने जानकारी गराईएकाे थियाे ।

यसैगरी अगामी कार्ययाेजना, वैचारिक राजनैतिक कार्य, संगठनात्मक काम, आर्थिक उत्पादन संघर्षका कार्य तथा सुचना प्रविधिकाे प्रयाेग लगायत विषयमा जानकारी गराईएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *