
नेपालगन्ज, १४ मंसिर – चर्चित मोडल सन्जित ओली र चर्चित मोडेल सुनिता दहित सुर्खेतमा तिमीसँग हिडेकोमा व्यस्त रहेका थिए । शनिवार उनीहरु तिमीसँग हिडेको तिमीसँग बोलेको बोलको म्युजिक भिडियोको छायाङ्कनमा व्यस्त रहेको सुटिङ युनिटले जनाएको छ ।
चर्चित गायक सुनिल धड्कन र मेलिना गुरुङको स्वरमा रहेको बोलको गित तिमीसँग हिडेकोको म्युजिक भिडियोमा सन्जित र सुनिता देखिने भएका हुन् । लामो समय कलाकारिता क्षेत्रमा काम गर्दै आएका सन्जित र सुनिताको यो जोडी तिमीसँग हिडेकोमा पनि देख्न सकिने कलाकार तथा डाइरेक्टर कुन्दन चन्दले जानकारी गराउनुभयो । म्युजिक भिडियोको छायाङकन एकदमै राम्रो भएको सुटिङ युनिटले दावी गरेको छ ।
केही दिनमै एसके मिडिया युट्युबबाट हेर्न सकिने डाइरेक्टर कुन्दन चन्दले बताउनुभयो । डाइरेक्शन, छायाङकन तथा इडिटिङ्गमा कुन्दन चन्दले साथ दिनुभएको छ भने कलाकार सन्जित ओली, सुनिता दहित र सबिन पौडेलको तिमीसंग हिडेको गितमा मुख्य भुमिका रहेको छ ।
शनिवार सुर्खेतको बुलबुले ताल र सोमवार बाँकेको गाभरमा छायाङ्कन भएको तिमीसँग हिडेको बोलको म्युजिक भिडियोमा डाइरेक्टर तथा चर्चित मोडल केशव चालिसेको भरपुर साथ सहयोग रहेको कलाकार तथा डाइरेक्टर चन्दले जानकारी गराउनुभयो ।
