Friday, April 24सत्यम खबर
Shadow

एमाले अध्यक्षमा ओलीले दिए उम्मेदवारी

प्रस्तावक विष्णु पौडेल, समर्थक शंकर पोखरेल
सौराहा, १३ मंसिर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दसौं महाधिवेशनबाट फेरि अध्यक्ष हुन उम्मेदवारी दर्ता गरेका छन्।

आइतबार राति आफूलाई अध्यक्ष राखेर ओलीले प्रस्ताव गरेको पदाधिकारी र केन्द्रीय सदस्यमा उपाध्यक्ष भीम रावलले असहमति राखेपछि ओलीले फेरि अध्यक्ष बन्न चुनाव लड्नु पर्ने भएको हो।

ओलीको उम्मेदवारी विष्णु पौडेल प्रस्तावक र शंकर पोखरेल समर्थक रहेका छन्।

ओलीले पौडेललाई उपाध्यक्ष र पोखरेललाई महासचिव बनाउन प्रस्ताव गरेका छन्।

एमाले उपाध्यक्ष रावलले यसअघि नै अध्यक्षमा उम्मेदवारी दर्ता गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *