Friday, April 24सत्यम खबर
Shadow

नेपाली काँग्रेस बाँकेकाे निर्वाचन स्थगित

नेपालगन्ज, १२ मंसिर – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुन गइरहेको बाँके जिल्लाको निर्वाचन स्थगित भएको छ ।

जिल्ला निर्वाचन परिचालन समितिका संयोजक एवम् निर्वाचन अधिकृत(वरिष्ठ अधिवक्ता) रेवतीरमण भट्टराईको अध्यक्षतामा आज आइतबार बेलुकी बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको जनाएका छन् ।

बाँके जिल्लाको जिल्ला स्तरिय निर्वाचन अन्तर्गत  मंसिर १३ गते साेमबारका दिन उम्मेदवारी मनोनयन तथा मंसिर १४ गते मंगलबारका दिन मतदान गर्ने भनि निर्वाचन कार्यतालिका प्रकाशन गरिएकोमा लुम्बिनी प्रदेशको प्रदेश अधिवेशन मंसिर १५ गते बुधबारदेखी प्रारम्भ हुन गइरहेको हुँदा मंसिर १४ गते प्राविधिक एवम अन्य कारणबाट निर्वाचन मतदान/मत गणना सम्पन्न हुन नसकेमा प्रदेश स्तरिय अधिवेशन निर्वाचनमा बाँके जिल्लाका प्रदेश सभा अधिवेशन प्रतिनिधीहरुको सहभागितामा प्रतिकुल प्रभाव पर्न जाने भएकोले केन्द्रिय निर्वाचन समितिको निर्देशन अनुसार प्रदेश अधिवेशन/निर्वाचन सम्पन्न भए पश्चात केन्द्रिय निर्वाचन समितिको प्राप्त हुने निर्देशन अनुसार निर्वाचन प्रक्रिया सुरुवात गर्ने गरी हाल बाँके जिल्लाको निर्वाचन स्थगित गर्ने निर्णय गरिएको जनाईएकाे छ ।


बैठकमा जिल्ला निर्वाचन परिचालन समिति बाँकेका संयोजक रेवतीरमण भट्टराई, समितिका सह-संंयोजक एवम् सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाही, समितिका सदस्यहरु भोलासिंह हमाल, ईश्वरीप्रसाद ज्ञवाली, बिरेन्द्र यादव, अर्जुन ओली, प्रकाश लामिछाने र मेहरसिंह खत्रीको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *